काठमाडौं (माघ २४ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७१ सालको वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह (३/४ वर्षे) र स्नातकोत्तर तहको परीक्षा दिन चाहने विद्यार्थीहरूका लागि परीक्षा आवेदन फाराम खुला गरेको छ।
बिज्ञापन
नियमित, व्यावसायिक, शिक्षाशास्त्र, कानुन संकाय तथा विज्ञान संकाय अन्तर्गत ३/४ वर्षे स्नातक तथा स्नातकोत्तर तहको मौका परीक्षा दिन इच्छुक विद्यार्थीहरूले तोकिएको मितिभित्र आवेदन फाराम भर्नुपर्नेछ।
बिज्ञापन
यसअघि परीक्षा नदिएका वा विभिन्न कारणले परीक्षा दिन छुटेका विद्यार्थीहरूले तोकिएको शुल्कसहित सम्बन्धित क्याम्पस वा परीक्षा नियन्त्रण कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। विस्तृत जानकारीका लागि विश्वविद्यालयको आधिकारिक वेबसाइट tuexam.edu.np हेर्न सकिनेछ।






