बारा । बारा प्रहरीले आज ठुलो परिमाणमा लागु औषध ब्राउन सुगरसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । बारा सीमावर्ती क्षेत्रमा लागु औषध तस्करी भइरहेको सूचना बमोजिम प्रहरीले जाँच गर्दा लागु औषध ब्राउन सुगरसहित दुई जना भारतीयलाई पक्राउ गरेको जनाएको छ । बारा प्रहरीले जिल्लाको फेटा गाउँपालिकाबाट विशेष सूचनाको आधारमा निगरानीमा राखिएको एक ट्र्याक्टर जाँच गर्ने क्रममा १५८ ग्राम ९१० मिलिग्राम खैरो ब्राउन सुगर जस्तो देखिने लागु औषध बरामद गरेको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।
लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा ट्र्याक्टर चालक ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन

दुवै जना भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पञ्चायत वडा नम्बर–२ का बासिन्दा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel