चैनपुर (बझाङ), १८ पुस : बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बिज्ञापन

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा केहीबेर अघि धमेना नजिकै जिप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

बिज्ञापन

दुर्घटनामा घाइते एक बालिकालाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेको प्रजिअ भट्टराईले बताउनुभयो । जिपमा कति जना सवार थिए भन्ने एकीन जानकारी नआएको उहाँले बताउनुभयो । अहिले प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्ना नेतृत्वको टोली घट्नास्थलतर्फ गएको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel