काठमाडौं । अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध काठमाडौं सहित देशभर आज प्रदर्शन गरिएको छ ।

बिज्ञापन

संगठनका संयोजक मिलन राईलाई षड्यन्त्रपुर्वक र राजनितीक पुर्वाग्रहका आधारमा गिरफ्तारी गरिएको भन्दैं क्रान्तिकारीका सह-संयोजक पेशल दाहालले मंगलबार एक प्रेस वक्तव्य जारी गरेर आम शैक्षिक हडताक सहित चरणवद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको थिए । जस अन्तर्गत आज जेठ २ गते काठमाडौंको टेकु सहित देशैभर कोणसभा कार्यक्रम गरिएको छ ।

बिज्ञापन


टेकुमा भएको कोणसभालाई संगठनका सह-संयोजक पेसल दाहालले सम्वोधन गरेका थिए । भने उक्त कार्यक्रमको सन्चान सचिवालय सदस्य निराजन किरातीले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सह-संयोजक दाहालले राजनीतिक पुर्वाग्रह साधेर आफ्नो संगठनका संयोजक मिलन राईलाई प्रहरीले गिरफ्तार गरेको बताए ।
उनले राजनितीक पुर्वाग्रह राखी संगठनका नेताकार्यकर्तालाई गिरफ्तार गरेर क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई नै चुनौति दिने दुस्साहस नगर्ने चेतावनी समेत दिए ।

बिज्ञापन

आफ्नो संगठन अखिल (क्रान्तिकारी) शिक्षामा निजिकरण र व्यापारीकरणको अन्त्य सहित शिक्षाको सम्पूर्ण दायित्व राज्यले बहन गर्नुपर्ने माग सहित निरन्तर संघर्ष गरिरहेको र यसैबाट आत्तिएका केही शैक्षिक माफियाहरुको मिलेमतोमा संगठनका संयोजकको गिरफ्तारी भएको समेत सह-संयोजक दाहालले बताए ।
विनाकारण गैरन्यायिक तरिकाले गिरफ्तार गरिएका संयोजकलाई यथाशीघ्ररिहा गर्न उनले माग गरे ।

चरणवद्ध संघर्षका कार्यक्रम अन्तर्गत जेठ ३ गते गृहमन्त्रीको पुत्ला दहन, जेठ ४ गते पर्चा वितरण, प्रचार-प्रसार तथा दलाल राज्यसत्ता र प्रहरी प्रशासनको श्वेतआतंकको भण्डाफोर, जेठ ५ गते मशाल जुलुश, जेठ ६ गते आम शैक्षिक हड्ताल सहितका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ ।

क्रान्तिकारीका संयोजक राईलाई सोमबार राति ९ बजेको समयमा काठमाडौंको रानीवनबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार राईलाई मंगलबार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । हाल उनलाई टेकु स्थित काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।
<

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel