ढोरपाटन (बागलुङ), १४ वैशाखः डिभिजन वन कार्यालय बागलुङले वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ । आज नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई रु पाँच लाख बराबरका सामग्री हस्तान्तरण गरिएको हो ।
बिज्ञापन
पछिल्लो समय बागलुङमा दिनप्रति दिन आगलागीका घटना बढ्दै गएपछि नियन्त्रणमा सघाउने पु¥याउने उद्देश्यले सुरक्षाकर्मीलाई उपकरण हस्तान्तरण गरेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले बताउनुभयो ।
बिज्ञापन
डिभिजन वन कार्यालयले नेपाल प्रहरीलाई ब्याक वाटर पम्प आठ थान, फायर सटर चार थान, जम्प सुइट २० थान, फायर हेल्मेट २० र साबेल १४ वटा हस्तान्त्रण गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश प्रहरी गुल्म बागलुङलाई ब्याक वाटर पम्प दुई÷दुई थान, फायर सटर तीन÷तीन थान, जम्प सुइट छ÷छ थान, फायर हेल्मेट छ÷छ थान र सावेल पाँच÷पाँच थान हस्तान्तरण गरेको प्रमुख पन्थीको भनाइ छ ।
उहाँका अनुसार बागलुङमा आगलागीबाट एक हजार दुई सय हेक्टर जङ्गल नष्ट भएको छ । ३८ वटा सामुदायिक मनमा लागेको आगो अधिकांश नियन्त्रणमा आए पनि अझै केही स्थानमा लागेको आगो नियन्त्रण बाहिर रहेको प्रमुख पन्थीले बताउनुभयो । जिल्लामा रहेका हरेक प्रहरी चौकी, नेपाली सेनाको गण र सशस्त्रलाई पुग्ने गरी सामग्री वितरण गरिएको उहाँको भनाइ छ ।
बिज्ञापन
उहाँले भन्नुभयो, “आगलागीले वन जङ्गल सखाप हुँदै गएका छन्, नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी पनि खटिनुभएको छ, आगो नियन्त्रण गर्ने क्रममा विभिन्न ठाउँमा सुरक्षाकर्मी र स्थानीय घाइते भएका सूचना पनि आइरहेका छन्, त्यसबाट बच्नका लागि र नियन्त्रण सहज रुपमा गर्नका लागि अग्नि नियन्त्रण सामग्री उपलब्ध गराएका हौँ ।”
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले ग्रामीण क्षेत्रमा आगलागीका घटना बढ्दै गएको भन्दै वन कार्यालयले दिएको सामग्रीले आगो नियन्त्रण गर्न ठूलो टेवा पुग्ने बताउनुभयो । अग्नि नियन्त्रण अभावमा धेरै ठाउँमा आगोले ठूलो क्षति पु¥याएको उहाँको भनाइ छ । वन डढेलोले जैविक विविधतामा ठूलो असर पु¥याउने हुँदा वन कार्यालयले दिएको सामग्रीलाई सही रुपमा प्रयोग गरी अग्नि नियन्त्रणमा लाग्नु पर्नेमा जोड दिनुभयो ।






