काठमाडौं । माओवादी प्रभावित भारतको छत्तीसगढमा प्रहरीसँग भएको भिडन्तमा २९ बिद्रोह माओवादी मारिएका छन् । भिडन्तपछि मुठभेड स्थलबाट २९ जना बिद्रोह माओवादीको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ ।
बिज्ञापन
भिडन्तमा तीन सुरक्षाकर्मी पनि घाइते भएका बीबीसीले जनाएको छ ।
बिज्ञापन
यसअघि प्रहरीले १८ बिद्रोह माओवादी मारिएको दाबी गरेको थियो । प्रहरीका अनुसार मंगलबार दिउँसो कांकेरको छोटाबेटिया क्षेत्रमा माओवादीसँग भिडन्त भएको थियो ।
अप्रिल १९ मा लोकसभाका लागि मतदान हुन लागेका बेला मुठभेड भएको हो । माओवादीले निर्वाचन बहिष्कार गर्न अपिल गर्दै आएको थियो ।






