नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवाद नै नेपालको निकास भएको बताएका छन् । बिहीबार वीरेन्द्रनगरमा आयोजित नेपाली विशेषताको समाजवाद अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको भविष्य पनि समाजवाद नै रहेको बताए । उनले भने, ‘समाजवाद लागू हुनुपर्छ, त्यो सिद्धान्तबाट व्यवहारमा रूपान्तरण हुनुपर्छ ।’ समाजवाद हेर्ने चाहना सबैको रहेको पनि उनले बताए ।अहिले पनि केही रूपमा समाजवाद भएको भन्दै उनले यो समाजवादप्रति कोही पनि सन्तुष्ट नभएको बताए । ‘जीवनमा प्रयोग हुने समाजवाद चाहिएको छ,’ उनले भने, ‘किसान वर्गसम्म समाजवाद पुगेको हुनुपर्छ ।’ उनले नेपालमा एउटा एकीकृत खालको समाजवाद आवश्यक भएको बताए ।





