पुरातत्व विभागबाट पुर्ननिर्माण गरिएको नुवाकोटको म्यागङ गाँउपालिका–५ सामरी भञ्याङमा अवस्थित ऐतिहासिक ‘सामरी पौवा’ । यस पौवा विसं १७५० को दशकमा स्थानीय कालिदास खड्का मगरले बनाएको र नेपाल एकीकरणको क्रममा नुवाकोट आक्रमण गर्नुअघि पृथ्वीनारायण शाहसहित सैनिक फौज यहाँ बसेर युद्धको तयारी गरेको प्राप्त इतिहासमा उल्लेख छ ।





