नेपाली र अङ्ग्रेजी माध्यममा प्रश्नपत्र बनाउने त्रिभुवन विश्वविद्यालयको निर्णयलाई अखिल(क्रान्तिकारी) का संयोजक मिलनराईले स्वागत गर्दै धन्यवाद दिएका छन । समाजिक संजालमा एक स्टाटस लेख्दै उनले “सहि निर्णयको लागि त्रिभुवन विश्वविद्यालयलाई धन्यवाद !” भनेका छन् ।
बिज्ञापन
अस्ती मात्र २०८० चैत १४ गते नवनियुक्त उपकुलपति प्रा.डा केशरजंग बरालसँगको भेटघाटका क्रममा विगतमा हाम्रो संगठन अखिल(क्रान्तिकारी) ले प्रश्नपत्र अङ्ग्रेजी र नेपालीमा आउनुपर्ने माग गरेको र त्रिविले गरेको प्रतिबद्धता कार्यान्वयन गर्न विशेष जोड दिएर भनिएको थियोे । उपकुलपतिले छिट्टै कार्यान्वयन हुने प्रतिबद्धता गर्नुभएको थियोे । प्रतिबद्धता अनुसार नै हिजो नै निर्णय गरेर कार्यान्वयनमा गएको छ । यो निर्णय विद्यार्थीको पक्षमा भएको संयोजक राईको दावि छ ।
बिज्ञापन
यहि रफ्तारमा पुर्ण र वैज्ञानिक शैक्षिक क्यालेन्डर, पाठ्यक्रम, परिक्षा प्रणाली, त्रिविको अस्तव्यस्तता, भ्रष्टाचार, सार्वजनिक जग्गा संरक्षण लगायतका विषयमा निर्णय गरि कार्यान्वयनमा भन्ने आफ्नो संगठनको अपेक्षा रहेको छ उनले लेखेका छन् ।
संयोजक राईले त्रिविले सुरुवात गरेको छ अब देशभरका सबै विश्वविद्यालयले पनि यो निर्णय गरेर कार्यान्वयनमा लग्नुपर्छ र यो आफ्नो संगठनको जोडदार माग रहेको लेखेका छन्






