मेरा महान दाजुले बृद्ध र बिरामी बुवा, आमा , आफ्नो जीवन साथी गर्भमा रहेको छोरी ,साना भाइ र बहिनिलाई छोडेर गरेको गएको पनि १८ बर्ष पूरा भएछ । मेरो सहिद दाजुका यादहरु र दाई नहुदाको पीडा सँगै दाजुको आवश्यकता दिनप्रतिदिन निकै महसुस गरिरहेका छु ।
आफ्नो परिवारको जेष्ठ मान्छे या यसो भनौं आफ्नो जेठो दाई गुमाउँदाको पिडा खपिनसक्नु हुन्छ तथापि दाईले आफ्नो निजि जीवन, आफ्नो परिवारको पर्वाह नगरि देशलाई मुक्त गर्नका लागि दिएको बलिदानले निकै गर्वको अनुभुती हुन्छ । देशभित्र रहेका सबै किसिमका शोषण उत्पीडनलाई समाप्त गरेर जनताको शासन स्थापना गर्नका लागि मेरो दाई जस्तै दशौँ हजारले बलिदानि गरेका छन् , जसमध्ये मेरो दाजु पनि एक हुनुन्छ । लेनिन ले भनेजस्तै राज्य एउटा राज्य त एक वर्गले अर्को वर्गमाथि शासन गर्ने यन्त्र न हो । यो मुठ्ठी भर मान्छेले बहुमत जनतालाई शोषण गर्ने साधन यो । साहेद यही बुझेर मेरो दाजु शोषणविहीन, न्यायपूर्ण राज्य बनाउनका लागि आफु तुफानी यात्रामा होमीनुभयो ।
नेपालको सामन्ती राज्यसत्ताले दलित, उत्पीडित गरिब वर्गलाई दबाएर राखेको थियो । उसले शोषण, अन्याय, अत्याचार र लुटखसोट देशमा मच्चाएको थियो त्यसैका विरुद्ध लड्न दाईले आवश्यक ठन्नुभयो । समाज बदल्न शोषित, पीडित, दलित सर्बहारा वर्गको महान् संघर्षद्वारा जनताको मुक्ति हासिल गर्न दाईले कोसिस गर्नु भयो । यिनै महान् लक्ष्य पूरा गर्न जीवनका कठिनतासँग लड्न सक्ने विद्रोह र साहस बोक्नु तपाईं जस्तो योद्धा जनताको मुक्तिको संघर्षमा अडान लिएर लडिरहन सक्ने अपराजित योद्धा मुक्ति र मृत्युमा साथै रहन सक्ने लक्ष्य र आँट बोकेको योद्धासँग संघर्षको मैदानमा हुनुभयो । जीवन नै संघर्ष हो र संघर्ष नै खुसी हो यसमा नै रम्नुपर्छ भन्ने विचारको आधारमा जीवनलाई क्रान्तिको तुफानी गतिमा अगाडि बढाउनु भयो
। दाई जस्ता दशौँ हजारले जनयुद्धजस्तो महान मुक्तियात्रामा बलिदानी गर्नुभयो । यो सम्झिदा एक सहिद परिवार हुनुमा म निकै गर्व गर्छु । म आफ्नो दाजुको त्यो बलिदान सम्झेर आफ्नो कद उचो ठान्छु ।
बिज्ञापन
युद्धको अन्त्य युद्धबाट हुन्छ। शासकसँग बन्दुक छ। त्यसकारण क्रान्तिले जनताको मुक्तिका लागि बन्दुकको बलको शोषण दमन पीडा निरकुसताबाट मुक्ति पाउन बन्दुकको नालबाट निरंकुश सामन्ती शासन व्यवस्थाको अन्त्य गरेर व्यवस्थाले सृजना गरेका शोषण, उत्पीडनको जग भत्काउने महान् जनयुद्धमा आफ्नो बलिदान दिनुभयो । जनताको त्याग बलिदानबाट एउटा निरंकुश सामन्ती कालो युगको अन्त्य भई नयाँ स्वतन्त्रताको प्रत्याभूति दिलाउने युगको सुरुवात भएको छ । यो साँचो हो, जनताको महान् बलिदानले क्रान्तिको एउटा कोर्स पूरा गरेको छ। तर पूरा युद्ध जित्न सकेको अवस्था भने छैन। न जित न हारको अभियानबाट क्रान्तिको गति स्थिर रहेको अवस्था हो यो ।
बिज्ञापन
तपाइको क्रान्तिप्रतिको त्यो त्याग, उत्सर्ग, माया र स्नेहले दुश्मनको बमगोला र बारुदको शक्ति स्वयम् उनीहरूका विद्रोह जसले शत्रुसँग लड्न क्रान्तियोद्धाहरूलाई अपराजित बल र असीम शक्ति दिएको थियो। दाईजस्था योद्धाहरू भित्र जनसंघर्षको महान् ताकत थियो जसले ती संघर्षहरूमा क्रान्तिप्रति मजाक, धोका र रोमाञ्चित भावहरू देखाएको कहीँकतै पनि पाउनु भएको थियन । जनताको मुक्ति युद्धमा दुश्मनलाई खतम गर्ने विचार, संघर्षको चट्टानी अडान थियो, जो प्रतिक्रियावादी सत्ताका विरुद्धको लडाइँमा एउटा ग्रीनेट बनेर विस्फोटित हुन्थ्यो। त्यो कुनै व्यक्तिगत भौतिक सुख सुविधाका लोभ-लालचले लुटपुटिएर क्रान्ति, आन्दोलन र मुक्तियुद्धबाट स्खलित भएको अवस्था थिएन। क्रान्ति आन्दोलनलाई अटुट, अपराजित युद्ध संघर्षमा टिकाएर बाँधी राख्ने महान् सोचहरूले प्रशिक्षित गरेको क्रान्तिकारी विचारको शक्ति थियो। दाई विचार व्यवहारले देश र जनताको मुक्तिका लागि उच्च त्याग, तपस्या र बलिदानको कोटा बुझाउन आतुर हुनु भयो।
क्रान्तिका महान् आँधीमय दिनहरू, जहाँ जनताको मुक्तिका लागि आफूलाई समर्पित गर्नु , तपाइको साहसले लाखौँ जनताको मुक्तिका सपनाहरूलाई पूरा गर्ने प्रयत्नलाई चलायमान गराइरहन मद्दत गरेको गरेको छ ।
तपाइको क्रान्तिप्रतिको इमान्दारिता, विद्रोहीभाव र निरन्तर क्रान्तिका छालहरूमा पौडिन सक्ने, तैरिन सक्ने साहस र दृढताका सोचहरू कति दृढ छन् । तिनै अटल साहस, त्याग र क्रान्तिप्रतिको अजय विचार व्यवहारले तपाईं क्रान्तिको महानायक हुनु भयो ।
ती क्रान्तिका सुन्दर क्षणहरू जहाँ समाजमा स्थिर रहेको अन्याय उत्पीडनका सबै जडहरू केही हद सम्म भत्काएको छ । तपाईं र हजारौ जनताको त्याग, तपस्या बलिदानले देशको उच्च राजनैतिक शक्तिको एउटा सामन्ती निरंकुश सत्ता ढल्यो। त्यसले अहिले राजनैतिक संरचना बदलियो, नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्यो।
तर आज क्रान्तिको राप र तापको ज्वाला सेलाएको छ। तर देशमा राजनैतिक व्यवस्था परिवर्तन भए पनि सरकार फेरिए पनि समाजको जातीय तथा वर्गीय उत्पीडनको वस्तुगत र मनोगत अवस्थाको स्थिति फेरिएको छैन।
तपाईं र हजारौं जनताले गरेको क्रान्ति, त्याग र बलिदानको आधारमा नयाँ युगको सुरुवात र सृजनाको अवस्थालाई बचाउनु पर्ने दिन आएको छ। हजारौं जनताको उत्सर्ग, वीरता र बलिदानले त्यो निरंकुश सामन्तवादको राजनैतिक सत्तालाई ध्वस्त गर्न सफल भयो तर सर्वहारावर्गको वर्चश्व रहेको जनवादी राजनैतिक तथा सामाजिक सत्ता स्थापना गर्न नदिएको कुरा सत्य हो ।
क्रान्तिकारीहरूले पुँजीजीवी वर्गको हातबाट राज्यसत्ता छिनेर दलित गरिब सर्बहारा वर्गको हातमा शासनसत्ता आउन सकेको अवस्था छैन।
त्यो महान् क्रान्ति सम्झौतामा टुङ्गिएपछि संघीय लोकतान्त्रिक गणतन्त्रबाट केही सुधार भने भएका छन तर क्रान्तिकारी उथलपुथल र आम रूपान्तरणका कुरा प्राप्त गर्ने आधार निर्माण भएको छैन। समाजको उत्पीडन र वर्गीय शोषणको चरित्रलाई बदल्न एउटा फेरि अर्को क्रान्तिको आवश्यकता आईपरेको छ ।
क्रान्तिलाई एउटा बिसौनीमा पुराउने कुचेष्टा गरिएकि छ अवस्था छ। अब पुनः क्रान्ति सुरु गर्ने आँट क्रान्ति योद्धाहरूबाट सुरु गर्नु आवश्यक छ।
जनताको मुक्तिका लागि क्रान्तिकारी मालेमावादको सिद्धान्तको आलोकमा सृजनात्मक प्रयोग गर्ने आट गर्न अनिवार्य छ।
क्रान्तिकारी वर्ग छ, त्यही दलित गरिब सर्बहारा सीमान्तकृत वर्ग पुनः नेपाली क्रान्तिको प्रेरक वर्गको रूपमा क्रान्तिको महान् संघर्षमा आउने छ। सरलताबाट जटिलता, छिपछिपेबाट गहिराइ, सामान्य संघर्षबाट उथलपुथलको संघर्षमा जाने हो। यो समाज विकासको अनिवार्य नियम पनि हो।
सर्बहाराबर्गको मुक्तिका लागि आवेगमा होइन, बढी धैर्यताका साथ क्रान्तिकारी विचार र व्यवहारका माध्यमबाट थप संघर्ष, आन्दोलनको सुरुवात गर्नै पर्छ।
नेपाली समाजको वर्ग विश्लेषण गर्दा भन्ने गर्छौ मध्यम वर्ग र निम्न पुँजीपतिवर्ग क्रान्तिलाई सम्पन्न गर्न आउने सहायक वर्ग हो। तर , क्रान्ति आन्दोलनको सुरुवात र विजय प्राप्त गर्ने क्रान्तिधर्मी वर्ग भनेको दलित, गरिब, महिला जनजाति, मधेशी सीमान्तकृत तथा सर्बहारावर्ग नै हो। यो नेपाली समाजको क्रान्तिधर्मी वर्ग हो, यसलाई नै क्रान्तिको नेतृत्व सुम्पनु पर्छ। जसबाट क्रान्तिलाई धोका हुन सक्दैन। यसमा क्रान्ति पूरा गर्ने वर्ग सचेतता र समर्पणको भाव उच्च रहन्छ। किनकि यो सीमान्तकृत, दलित ,गरिब सर्वहारावर्ग अवसरवादी वर्ग होइन। यसले त्यागमा आफ्नो अस्तित्व निर्धारण गर्छ। यसमा क्रान्तिलाई सम्पन्न गर्ने साहस रहेको हुन्छ। यसमा बीचमा क्रान्तिलाई धोका दिने वर्गस्वार्थ रहको हुँदैन। नेपाली समाजलाई हेर्दा क्रान्तिप्रतिको रुझान बोकेको दलित ऐतिहासिक सर्बहारावर्ग, महिला, मधेशी, गरिब, सीमान्तकृत, जनजाति र उत्पीडित वर्ग नै हो। त्यसलाई सत्तामा स्थापित गर्ने कार्यनीतिका साथ क्रान्तिलाई सुरुवात गर्नु जरुरी भएको छ। यही वर्गलाई मालेमावादको सार्वभौम क्रान्तिकारी सिद्धान्तद्वारा प्रशिक्षित गर्दै क्रान्तिको नेतृत्व गर्ने संरचना तयार गर्नु जरुरी छ। अहिले आएर अरू वर्गबाट क्रान्तिलाई धोका दिने काम भयो र निरन्तर क्रान्तिमा अटल भएर बसेको अवस्था देखिएन।
हिजो क्रान्तिको समयमा असी प्रतिशत भूगोलमा जनसरकार थियो। करिब ३५ हजार जनमुक्ति सेनाले क्रान्तिको रक्षा र सुरक्षा दिएको अवस्था थियो। लाखौँ जनमिलिसिया र हजारौँ अर्ध सुरक्षादस्ता तथा वाइसेलले क्रान्तिलाई टेवा दिइरहेको परिवेश थियो। क्रान्तिका तीन जादुगरी हतियार एक मालेमावादको महान् क्रान्तिकारी विचारधारा, राजनैतिक पार्टी दुई क्रान्तिकारी पार्टीलाई विशाल जनमुक्ति सेनाद्वारा संरक्षित फौजी शक्ति तीन क्रान्तिकारी संयुक्त मोर्चा जसले क्रान्तिका अग्रगामी शक्तिलाई एकताबद्ध गर्दै क्रान्ति सम्पन्न गर्न भीषण वर्गसंघर्षद्वारा लामो समयदेखि त्याग, तपस्या र बलिदानबाट क्रान्तिकारी युद्ध लडेकै हो।
बिज्ञापन
परन्तु हिजो आफूलाई क्रान्तिकारी भन्नेहरूले
आज नाम, पद, पैसा र प्रतिष्ठामा आफूलाई बेचेर प्रतिगामी र प्रतिक्रान्तिको दिशातर्फ लागेको देखेर कता कता मन कुढिंएर आउँछ । तर यो क्रान्तिले सर्वहारावर्गको नेतृत्वमा केन्द्रीय सत्ताको निकट पुगेको बेला क्रान्तिमा धोका-धडि भयो । जसका कारण क्रान्तिका बाँकि कार्यभार पुरा हुन बाँकि नै रहेका छन् । यि बाकि रहेका नेपाली क्रान्तिका कार्यभार पुरा गर्नु हाम्रो जिम्मेवारी ठानेको छु । मेरो दाई जस्ता हजारौं सहिदका अधुरा सपना पुरा गरिने छ ।
– मान बहादुर तिरुवा
लेखक जनयुद्धका महान सहिद क. ललित बि.क. (क.अनुपम)का भाई हुन । क. अनुपमको महान जनयुद्धका क्रममा २०६२ माघ १८ गते पाल्पा तानसेनमा सहादत भएको थियो ।







