चितवन – नेपाल कम्युनिष्ट पार्टी पश्चिम चितवन जिल्ला समितिको दोस्रो पूर्णबैठक सम्पन्न भएको छ । “जनसेवा, सुदृढ संगठन र क्रान्तिकारी ध्रुवीकरणमा जोड दिऔ, २ महिने केन्द्रीय योजना दृढतापूर्वक कार्यन्वयन गरौँ ।” भन्ने मुलमर्मको साथ आइतबार बैठक सम्पन्न भएकाे हाे ।
बैठकले राजनीतिक वैचारिक क्षेत्रमा, संगठनको क्षेत्रमा, संघर्षको क्षेत्रमा र नमूना कार्यहरुको क्षेत्रमा महत्त्वपूर्ण निर्णय गरेको छ । पार्टी संगठनलाई सुदृढ र विस्तार गर्दै राज्य षड्यन्त्रको भण्डाफोर गर्ने र दुई महिने अभियान संचालन गर्ने निर्णय पनि गरेको नेकपा पश्चिम चितवनले जनाएकाे छ ।
नेकपा पश्चिम् जिल्ला समितिका सेक्रेटरी अटल सीको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य अनिल सी, पोलिटब्युरो सदस्य तथा पश्चिम् नारायणी ब्यूरो इन्चार्ज एटम सी, पोलिटब्युरो सदस्य तथा केन्द्रीय उत्पादन शाखा माडिका प्रमुख सन्देश सी, नेकपा पश्चिम् जिल्ला इन्चार्ज दिनेश सी र केन्द्रीय उत्पादन शाखा माडी शाखा सेक्रेटरी क्रान्ती सी को आथित्यता रहेकाे थियाे ।
१ घण्टा श्रम गरेर बैठकको सुरुवात गरेको जिल्लाले अन्तर्राष्ट्रिय गित गायर बैठकको उद्घाटन गरेको थियो । स्थायी समिति सदस्य अनिल सीले जनयुद्ध दिवसको बिदालाई लियर अदालतले बदर गरेको निर्णयले पुरानो बनावटी सत्ता कम्युनिस्टहरुले संचालन गर्न नसक्ने माक्र्सको कुरा अझै सान्दर्भिक रहेको भन्दै माक्र्सवाद सहि भएको प्रमाणित भएको बताए ।
बैठकमा नेकपाका महासचिव, प्रवक्ता लगायतका नेतृत्वहरु माथि जारी गरिएको पक्राउ पुर्जीको घोर भ्रत्सना गर्दै उक्त पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरे । उनले MCC लगायताका सबै राष्ट्रघाती सम्झौताहरु खारेज गर्न पनि माग गरेको छ । त्यस्तै बैंकको ब्याज न्युनतम १ अंकमा ल्याउन, लघुवित्तलाई नियमन र मिटरव्याजीलाई कारबाही गर्ने जोडदार माग गरेको छ ।
अहिलेको वर्तमान राजनीतिक परिस्थिति र यसको निकासबारे भरतपुर र माडिका सबै वार्डहरुमा मजदुर किसान, सुकुम्बासी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी र सबै राजनीतिक पार्टीहरूसँह अन्तरक्रीया गर्ने र चितवन राष्ट्रिय निकुञ्ज भित्रको माडी -जगतपुर सडकखण्डलाई पक्की बाटो निर्माणको लागि पहल अगाडि बढाउने निर्णयसमेत भएको सेक्रेटरी अटल सीले बताए ।
नमुना कार्य अन्तरगत विद्यार्थी तथा बाम आन्दोलनमा सहिद मित्रमणी आचार्यले खेल्नुनुभयको भूमिकाको उच्च सम्मान गर्दै मुर्ती सहितको बहुउद्देश्यीय मित्रमणी पार्क निर्माण गर्ने र माडिमा एउटा समाज भवन निर्माण गर्ने निर्णय गरिएको छ भने संघर्ष अन्तरगत पश्चिम् चितवन र माडिमा क्रमशः बढ्दै गयको कृषि उत्पादनलाई मध्यनजर गरि विदेशबाट आयातित अवैध तरकारी तथा खाद्यान्न रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने, सुकुम्बासीलाई लालपुर्जा दिने कार्य र भुमिहिनहरुलाई जमिन उपलब्ध गराउन राज्यसँग जोडदार माग गर्ने र सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य गरि संघर्षको उठान गर्ने निर्णय भएको जनाइएको छ ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel