स्कुलबाट SEE पास गर्यो । उत्तीर्ण हुने बिद्यार्थीहरु कक्षा ११ मा भर्ना भयो जेनतेन १२ सम्म पास गर्यो । अनि ती विद्यार्थीहरु एकथरि अष्ट्रेलिया, जापान, क्यानाडा र अमेरिकातिर उड्ने तर्फ पाइला चाल्छन् ।
एकथरि बिद्यार्थी कतार, दुवई, मलेशियातिर हानिन्छन् । तीतो यथार्थ यही हो ।
कतिपय विद्यार्थीहरुले आर्थिक अवस्थाका कारण बीचमै पढ्न छाड्छन् । अलिकति विद्यार्थीहरु स्नातक तह निजी कलेजमा पढ्छन् ।
बिज्ञापन
कतिपय ले गाऊघरमा खोलिएका कलेजहरुमा पढ्छन् । कतिले त्यो तह पार गर्छन कतिले गर्न नसकि बीचैमा पढ्नै छाडिदिन्छन् ।
बिज्ञापन
अनि स्नाकोत्तर तह र सो भन्दा माथिल्लो तह अध्ययन गर्ने विद्यार्थी त्रिभुवन विश्व विद्यालयले कहांबाट पाउनु ? त्यसमाथि पनि राजनैतिक खिचातानी र हस्तक्षेपका कारण पढन पाठन हुदैनन् । त्यहांका प्राध्यापक शिक्षकहरुले निजी कलेजका संस्थापक र अध्यापन गर्दैमा फुर्सद नै हुदैनन् । अनि कहां पाइन्छन् त त्रि.वि.वि. मा विद्यार्थी । उच्च शिक्षा हासिल गरे वापत कही कतै रोजगारीको अवसर छ र देशमा ?
मुलुकमा शिक्षा, स्वास्थ्य नि:शुल्क र सर्वसुलभ हुनु पर्नेमा त्यही नै जनताको ढाड सेक्ने अवस्थामा छ ।
बिज्ञापन
सरकारी अस्पतालमा डाक्टर भेटिन्नन । क्लिनिकमा तुरुन्तै भेटिन्छन् । अवस्था यही छ ।
राजधानीका ठुला ठुला मलहरु बन्द भएका छन् । हुंदैछन् ।
शहरका सटलहरु पसलहरु बन्द हुदैछन् । देशको आर्थिक गतिविधी जर्जर थिलथिलो भएको ।
शहरका घरहरु खाली हुदैछन् । डेरावाल पाइन छाडिसक्यो ।
गाऊ बस्ती शुन्य झै भइसके । बृध्द र महिला र केटाकेटी मात्र भेटिन्छन् ।
खेतीपाती सबै बांझो छ । समयमा मल बिऊ पाइन छाड्यो ।
खेतबारीमा फलेका बस्तु बिक्दैनन् । सडकमा फाल्नु पर्ने अवस्था छ । कृषकका बजार फौबन्जारको कब्जामा छ ।
उद्योग कति खोलियो ?
बेरोजगार न्युनिकरण गर्ने कुनै योजना छ र ?
रोजगारकोलागि कता कता दरवन्दी थपियो ?
त्यही सेना, शसस्त्र, प्रहरी, निजामती, शिक्षण संस्था, संस्थानमा निश्चित दरवन्दी बाहेक अरु केही थप रोजगारीको अवसर छ र ?
कसले नै के पो दिएको छ र ?
खोलिएका कल कारखाना उद्योग धन्दा बन्द हुदैछन् ।
नयां निजी कम्पनी, उद्योग चलाउन, हौसला, प्रोत्साहन केही छैन । उद्योग, कलकारखाना खोल्न कोही उत्साहित छैनन् ।ऐन कानुन वाधक छदैछ । नेपालको कानुन दैव जानुन् लोकोक्ती त्यस्तै छदैछ ?
नेता, राजनेताहरुसंग निती निर्माता, सचिव, कर्मचारी, योजनाविद्, भारे टाकुरे नेताहरु संसार घुमेकै छन् । संसार चीन, जापान, मलेशिया, कोरिया, के कसरी विकास हुन्छ बुझेकै छन् ? तर तिनले त्यस्तो निती योजना किन बनाउदैनन् ? या वनाउन चाहदैनन् ?
तीनका काम प्लेन चढ्ने, भत्ता पचाउने, छोराछोरी भेटघाट गर्ने, अनि मन्चमा बसेर मिठा चिप्ला भाषण गर्ने वाहेक केही काम छ त ?
तर यहां केही गर्नै नपर्ने ?
विकासका योजना बनाउनै नपर्ने ?
राम्रो नराम्रो काममा पुरस्कार र दण्ड सजाय नगर्ने ?
कस्तो मेरो देश ?
जन्मेदेखिको बाटो जहाको त्यही ?
हिजो कन्चनपुर घर पुग्न २० घण्टा आज पनि २० घण्टा ? के परिवर्तन भयो त ?
देशको राष्ट्रिय राजमार्ग कहां कहिले सुध्रने ?
विदेशमा केही सीप सिकेर केही गरौ भन्ने युवालाई सरकारी संयन्त्रबाटै हतोत्साहित ।
यसरी नै चलेको छ मेरो देश ? कतिन्जेल चल्ने हो ?
नव उद्यमी, व्यापारीहरुलाई कतै माया गरे जस्तो लाग्दैन ।
बैक, वित्तिय संस्थाले ऋणीहरुलाई माया र प्रोत्साहन गरे जस्तो लागेन । जोरजुलुम जस्ताको तस्तै ?
ठेकेदार, चाकडीबाज, डनहरुले प्रोत्साहन पाउने देश !
आशा गर्ने, युवाहरुलाई रोक्ने केही कार्यक्रम छ र ? देशमा ?
यो देशको चिन्ता कसले गर्ने ?
✍️ सुन्दर पन्त
प्रधानाध्यापक
अमर ज्योति माध्यमिक बिधालय !






