पालिका स्तरिय रुपान्तरण संञ्जालको बैठक तथा अभिमुखीकरण कार्यक्रम विनायकमा सम्पन्न भएको छ । वल्र्ड भिजन इन्टरर्नेसनलको सहयोग तथा सहजीकरणमा पालिका स्तरिय रुपान्तरण संञ्जालको बैठक तथा अभिमुखीकरण कार्यक्रम शुक्रवार पञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएका हो । सञ्जालकी अध्यक्ष समिक्षा बोहराको अध्यक्ष्यतामा संचालन भएको कार्यक्रममा २४ जना सहभागी रहेका थिए ।
कार्यक्रममा रुपान्तरण सञ्जालको काम कर्तब्य अधिकार , तथा बाल संरक्षण , बाल अधिकार , बाल स्पोनशरर्शिप लगायत रुपान्तरण सन्जालले बाल बालिकामा बाल समृद्धि ल्याउनका लागि स्थानीय वडा तथा पालिका स्तरमा समन्वय सहकार्य संगै अर्थपूर्ण बाल सहभागिता जनाइ विभिन्न बाल संरक्षणका सवालहरुमा बकालत पैरबी कसरी गर्न सकिन्छ भन्ने बारे छलफल अभिमुखिकरण गरिएको थियो ।
सो कार्यक्रममा सहभागीहरुले रुपान्तरण कक्षा बाट सिकेका राम्रा अभ्यासलाई ब्याबहारमा लागु गर्नुका साथै अन्य बालबालिका लाई पनि ब्याबहार परिबर्तन गराउनमा भुमिका खेलिरहेको कुरा सहभागी बिच सिकाइ आर्दन प्रदान गरिएको थियो ।
लैगिक हिंसा लाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारे छलफल सङै सबै सहभागीले आ आफ्नो स्थान बाट सबै खाले हिंसा लाई अन्त्य गर्न लाग्नु पर्ने प्रतिबद्ध सहित सन्जालकी अध्यक्षले बैठक तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रको सहजीकरण आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही , सामाजिक परिचालक नम बहादुर बिष्ट , र सुशील बटालाले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन बृष बि क ले गर्नु भएको थियो ।





