रमिता बिक ,
मंसिर ८ स् नेपाल शिक्षक महासंघले कमलबजार नगरपालिकालाई तलव निकासा सम्बन्धि ध्यानाकर्षण पत्र बुभाएको छ ।आर्थिक बर्ष २०८० श्रावण महिना देखि हाल सम्मको तलव भुत्तानी नपाएको भन्दै शुक्रवार ध्यानाकर्षण पत्र बुझाएको हो ।
बिज्ञापन
नेपाल शिक्षक महासंघ कमलबजारले आर्थिक बर्ष २०८० श्रावण महिना देखि हाल सम्मको निकासाकोे लागि नगरका सम्पुर्ण शिक्षक कर्मचारीको मासिक तलव भत्ता विद्यालय खातामा निकासाका लागि नेपाल शिक्षक संघको नेतृत्वमा पटक पटक अनुरोध का ज्ञापनपत्र बुभाउदा पनि हाल सम्म नगरपालिका बाट कुनैखालको सुनुवाई नभएकाले आईतवार देखि नगरका सम्पुर्ण विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । सथै तलव भुत्तानी नभए सम्मका लागि निरन्तर विद्यालय बन्द रहने बताइएको छ ।





