नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपीशर्मा ओली मंसिर १६ गते अछाम आउनुहुने भएको छ । पार्टीले संचालन गरेको मध्यपहाडी पुस्पलाल लोगमार्ग पदयात्रा कार्यक्रम अन्र्तगत अध्यक्ष ओली अछाम आउन लाग्नुभएको हो ।
मंसिर १४ गते बैतडीको झुलाघाटमा उक्त कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओली डडेल्धुरा, डोटी हुदै अछाम आउने कार्यक्रम रहेको पार्टीले जनाएको छ । मंसिर १६ गते बिहान साफेबगरमा पुगी त्यस क्षेत्रमा रहेका वैद्यनाथद्याम, बुढीगंगा हाईड्रो पावर, बयालपाटा अस्पताल लगायतका क्षेत्रको निरिक्षण गर्ने कार्यक्रम समेत रहेको पार्टीका जिल्ला कमीटी सचिव भिम रावल कालोटोपीले जानकारी दिनुभएको छ । सोही दिन साफेबगरमा स्थानीय संग अन्र्तक्रिया गर्दै मंगलसेनमा आउने र सोही दिन दिउसो २ बजे मंगलसेनमा आयोजना गरिएको बिशालसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बिज्ञापन
अध्यक्ष ओली १६ गते साझ मंगलसेनमै बस्ने र जिल्ला अस्पताल अछाम, अछाम दरबार लगायतका क्षेत्रको निरिक्षण गर्नुका साथै स्थानीय नेता कार्यकर्ताहरु संग छलफल गर्ने कार्यक्रम समेत रहेको छ । सोही कार्यक्रमको तयारी स्वरुप शुक्रबार पार्टीको तयारी मुल समारोह समितिको बैठकले तयारी स्वरुप गठन गरिएको विभिन्न उपसमितिहरुलाई सकृय पार्ने निर्णय समेत गरेको छ ।
मंसिर ३ गते जिल्लाको तुर्माखाँदमा सम्पन्न बैठकले विभिन्न उपससितिको जिम्मेवारी दिएका समितिहरुलाई तत्काल बैठक गरि कार्यक्रमको तयारी जुट्न समेत निर्देशन जारी गरेको छ । झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रम सफल पार्नका लागि आ–आफ्नो क्षेत्र बाट सहयोग गर्न पार्टीले सबै जिल्लाबासीलाई अनुरोध समेत गरेको छ ।
पार्टिका जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतामा बसेको मुलसमारोह समितिको बैठकमा सबै उपसमितिका पदाधिकारी, पार्टीका प्रदेश कमीटी सदस्यहरु, जिल्ला कमीटीका सदस्य लगायत विभिन्न भातृ संघ संगठनका नेताहरुको सहभागिता रहेको थियो । एमाले अध्यक्ष ओली अछाम आउने भएपछि एमालेका कार्यकर्ताहरु सोही कार्यक्रमको तयारीमा जुटीरहेका छन ।





