कमलबजार नगरपालिकामा नगर कार्यापालिकाले कार्तिक २१ गते करार सेवामा कार्यारत सबै करार कर्मचारीको करार म्याद थप नगर्ने निर्णय संगै आन्दोलनरत करार कर्मचारीले आफ्ना मागहरु पुरा नहुदाँ सम्म पालिकामा तालाबन्दी कायमै रहने बताएका छन ।
बिज्ञापन
श्रावण १ गते देखी हाल सम्मको करार म्याद थप नगरी काममा लगाईएको र एक्कासी दशैं तिहारको बिचमा हटाउने निर्णय भएको हुदाँ सो निर्णय फिर्ता लिई करार सम्झौता थपिने र तलब भुक्तानी हुने सुनिश्तिचता नभए सम्म तालाबन्दी कायम रहने करार कर्मचारी संघर्ष समितीका संयोजक देवेन्द्र शाहीले बताउनु भयो ।
बिज्ञापन
कार्तिक २१ गतेको निर्णयले यतिबेला पालिका थप अस्तव्यस्त भएकोछ । सेवा ग्राहि थप मर्कामा परेका छन । सो निर्णका विरुद्ध पालिकामा कार्यरत करार कर्मचारीले मंसिर ५ गतेदेखी कार्यालयमा तालाबन्दी गरेका छन । जसका कारणले कार्यालय बाट सम्पादन हुने कामकाज ठप्प भएका छन ।
नगरप्रमुख यज्ञ प्रसाद ढकालले कर्मचारीले कानुनी प्रकृया थालेका र निर्णयमा केहि त्रुटी देखीएकोले निर्णय कार्यान्वयन नगर्न भनी २१ गतेको बन्द भएको माईनट तल लेखिएको हिजोको आदेशले मात्रै ढुक्क हुने अवस्था नरहेकाले आन्दोलन लाई निरन्तरता दिईएको एमआईएस अपरेटर लक्ष्मण बिष्टले बताउनु भयो । मेयरकै अध्यक्षतामा बसेको र उपस्थित कार्यपालिका सदस्य र वडा अध्यक्षको हस्ताक्षर सहित गरेको बैठक को निर्णय फिर्ता लिईएको बिषयमा नगर उपप्रमुख तथा कार्यापालिकाका सदस्य तथा वडा अध्यक्ष कसैसंग सल्लाह नगरेरै लिईएको उपप्रमुख शारदा कुमारी बिष्टको भनाई छ । कार्यापालिकामा निर्णय लिदा सबै चाहिने तर निर्णय फिर्ता लिदा नगरप्रमुखले एकल रुपमा लिनुले कार्यान्वयनको पाटोमा थप छलफल हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
बिज्ञापन
नगरपालिकामा आव २०८०र८१ को बजेट पारित नहुदा पालिकामा आर्थिक कारोबार केहि पनी हुन सकेको छैन । जसका कारण समग्र क्षेत्र प्रभावित भएकोछ । पालिका मातहतमा कार्यालयमा कार्यरत कर्मचारी देखी विद्यालयमा कार्यरत कर्मचारीको तलब भुक्तानी ४ महिना देखी भएको छैन । आर्थिक व्यवहार र घरखर्च चलाउन निकै मुस्कील भएको कर्मचारी तथा शिक्षकको गुनासो छ । अर्कोतर्फ निमार्ण व्यवसायीले गत बर्ष सम्पन्न योजनाको समेत भुक्तानी समेत पाएका छैनन ।






