नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) त्रि.वि ब्यूरोको दोस्रो पूर्ण बैठक त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सम्पन्न भएको छ।
संगठनका सचिवालय सदस्य तथा त्रि वि ब्यूरो इन्चार्ज अनिल सी को अध्यक्षता ,संगठनका कार्यालय सदस्य तथा बागमती कमाण्ड इन्चार्ज मदन सी को प्रमुख आतिथ्यता,संगठनका सचिवालय सदस्य द्वय डि बि सी र लोकेश सी को आतिथ्यतामा र तीनवटै जिल्ला त्रि वि जिल्ला ,क्याम्पस जिल्ला ,इन्जिनियरीङ जिल्लामा कार्यरत केन्द्रीय सदस्य ,जिल्ला इन्चार्ज ,अध्यक्ष ,संयोजक हरुको सहभागीतामा सम्पन्न बैठकले आगामी माघ १०,११,१२,१३ गते काठमाडौमा हुने संगठनको २३ औं राष्ट्रिय सम्मेलन लाई भब्य तथा ऐतिहासिक बनाउनको निम्ति त्यसको सांगठनिक लगायत सम्पूर्ण तयारी गर्ने निर्णय लिएको छ।
बैठकले क्याम्पस केन्द्रित अभियान संचालन गर्ने,क्याम्पस हरुमा विद्यार्थी हरुलाइ सहयोगको निम्ति हेल्प डेक्स स्थापना गर्ने,केही क्याम्पस हरुमा बृक्षारोपण गर्ने,रक्तदान गर्ने,खेलकुद ,हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने,राष्ट्रघाती MCC बारे क्याम्पस क्याम्पसमा पर्चा बनाएर विद्यार्थी हरुलाई वितरण गर्ने,त्रि बि ले परिक्षा ,नतिजा ,पठनपाठन बारे गरिरहेको ढिलासुस्ती बारे संघर्ष गर्ने,क्याम्पस हरुमा अस्वभाविक रुपमा गरिएको शुल्क वृद्धि ,छात्रवृत्ति नदिएको बारे ध्यानाकर्षण पत्र,माग पत्र बुझाउने ,निर्णय गरिएको संगठनका त्रि वि ब्यूरो इन्चार्ज अनिल सी ले जानकारी दिए।
यस्तै बैठकले जिम्मेवारी पनि हेरफेर गरेको छ भने केही लाई ब्यूरो कमिटीमा थप गरेको छ।जस अन्तर्गत संगठनको केन्द्रीय सदस्य यशोदा सी लाई त्रि-चन्द्र क्याम्पसको इन्चार्ज टोकेको छ भने,संगठनकै केन्द्रीय सदस्य सरस्वती सी लाई महेन्द्र रत्न क्याम्पस ताहचलको इन्चार्जको जिम्मेवारी दिएको छ।
यस्तै पशुपति क्याम्पस अध्यक्ष चिरायु सी,रत्नराज्य(RR)क्याम्पस अध्यक्ष जगदीश (आदेस) सी,शंकरदेव क्याम्पस अध्यक्ष समीर सी लाई ब्यूरो कमिटी सदस्यमा मनोनीत गरेको छ।
यस्तै झुठा मुद्दामा प्रहरीले गिरफ्तार गरि हिरासतमा रहनुभएका संगठनका केन्द्रीय सदस्य एवम् इन्जिनियरिङ जिल्ला इन्चार्ज प्रेम सी लाई तत्काल रिहाई गर्न बैठकले माग गरेको छ भने प्रहरीको उक्त कार्य घृणित,अपरिपक्व ,गैरजिम्मेवार र पूर्वाग्रही भएको भन्दै भत्सर्ना र खेद प्रकट गरेको छ।संगठनका केन्द्रीय सदस्य प्रेम सी लाई तत्काल रिहाइ नगरे कानुनी संघर्ष ,र आन्दोलन गर्ने निर्णय गरेको छ यस्तै त्रि वि ब्यूरो अन्तर्गतकै केन्द्रीय सदस्य तथा नेपाल ल क्याम्पस इन्चार्ज रविना सी सवारी दुर्घटना परि गम्भीर घाइते भएकाले उहाँको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel