काठमाडौं। झुटा मुद्दामा लामो समय जेल जीवन बिताएका अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य छत्र सी र रविन केसी लाई आज काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ। दुबै जनलाई आज काठमाडौं जिल्ला अदालतले निर्दोष भन्दै साफाई दिएको हो।
बिज्ञापन
रविन केसी लाई २०७६ जेष्ठ १२ गते काठमाडौं बाट पक्राउ गरेको थियो भने छत्र सी ०७६ कार्तिक २४ गते पक्राउ गरिएको थियो।दुबै जनालाई सांगठनिक अपराध, विशपोटक पदार्थ, कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाईएको थियो।
बिज्ञापन
रविन केसी ले २६ महिना केन्द्रीय कारागार सुन्धारा र छत्र सी ले ६ महिना बाल सुधार गृह भक्तपुरमा बन्दी जीवन विताई सकेका छन्।






