अछामको पञ्चदेवल बिनायक नगरपालीका ४ कुजेडा की २३ बर्षीय सुर्जा बिकले बाटोमै बच्चा जन्माएकी छन । असार २६ गते राति सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था लिन स्टेचर नपाएपछि हिडेर दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पताल जादै गर्दा बाटैमा बच्चा जन्माएकी हुन ।
बिज्ञापन
व्यथा लागेपछि बिहान २ बजे हिडेर दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पताल राकम जाने क्रममा सुत्केरी व्यथा लागेकी उनि हिड्दै गर्दा बाटैमा बच्चा जन्माएकी हुन बच्चा बाच्न सकेन भन्ने आमाको अवस्था गम्भीर रहेको छ बच्चा जन्माएपछि आफुलाई बिहान ४ बजे आफन्तहरु बोलाउन आएका र साढे ४ बजे आफु सुत्केरी भएको ठाउँमा पुगेकी बताउछन् दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पतालमा कार्यरत सी अनमी रनि देबि बोहराले बताईन ।
बिज्ञापन
आफु सुत्केरी भएको ठाउँमा पुग्दा सम्म बच्चाको मुत्यु भईसकेको थियो ,समयमै अस्पताल पुर्याएको भए बच्चालाई बचाउन सकीने थियो,अनमी बोहराले भनिन्। व्यथा लागेपछि स्टेचर खोजेको तर गाउँमा रहेको स्टेचर भाचिएको एम्बुलेन्स खोज्दा एम्बुलेन्स समेत नपाईएको सुत्केरी सुर्जा बिकले बताईन। सुर्जा भन्छन मैले र मेरो बच्चाले बिनाकारण सजाय पायौं ,अरुले नपाउन ।
यता पञ्चदेवल बिनायक नगरपालिका स्वास्थ्य संयोजक जनक बहादुर बुढाले कुजेडामा ४ ओटा स्टेचर नगरले दिएको परिवार गाउमै रहेकी स्वास्थ स्वयम सेविकालाइै समेत जानकारी नगराई हिडेर अस्पताल गएकी बताए ।आफ्नै नगरको स्वास्थ्य संस्था जान टाढा हुने हुदाँ पञ्चदेवल बिनायक नगरपालीका ४ कुजेडाका नागरिक स्वास्थ्य सेवा देखि अन्य काममा लागी दैलेखको आठबिस नगरपालीका ४ जाने गर्छन ।
बिज्ञापन
नेपाल सरकाले सुरक्षित मातत्ृव तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा ३९ मा गर्भवति महिलाले सुरक्षीत प्रसुती सेवा पाउनु पर्ने उल्लेख गरेको छ ।
यो पनि पढनुहोस !
करिब ३ बर्ष पहिलो पन्चदेवल बिनायक नगरपालिकामा कान्तिपुर टेलिभिजनले संन्चालन गरेको कार्याक्रम सामाजिक रुपमा रहेका छाउपडी प्रथा कानुनी रुपमा दण्डनीय शिर्षक कार्याक्रम समकोण २०७६ पुष २० गते नगरपालिकाका मेयर,उपमेयर प्रत्येक वडाका वडाअध्यक्ष अछाम जिल्लाका डिएसपी दिपक भारती विभिन्न राजनीतिक,दलका नेताहरू समाजसेविबुद्धिजीवी,पत्रकार समाजका अगुवा स्थानीय जनता सहभागी थिए । त्येहि क्रममा उपमेयर र हाल मेयर भएकि अम्बिका चलाउनेले पन्चदेवल बिनायक नगरपालिकामा रहेका +२ संन्चालित बिधालय बिनायकको श्री बिद्यामन्दिर नमुना बिधालय र लयटिमा रहेको नवज्योति मा.बि र पन्चदेवल बिनायकमा रहेको पन्चदेव क्याम्पसमा सेनिटरि प्याडको मेसिन नै उपलब्ध गरेउन भनि बजेट सम्म बिनियोजन गरिसकेको तर हालसम्म सेनिटरि प्याड उपलब्ध नभएको र लाखौं पैसा बिनियोजन भएको हुदा अहिले सम्म बिधालयमा सेनिटरि प्याड नआएको छात्राहरु बताउछिन ।
#भिडियो






