जो दिन ,त्यो दिन सम्झदा आज मन कता चसक्क दुख्छ,अनि कहिले काहीं त आँखा बाट टुलुलु आँसु आउन्छ। किनकि अछाम जिल्लाकाे ढकारी गाउँ पालिका वडा नः – ०२ हिच्मामा अवस्थित श्री कालिका देवि मा,वि,को वि,स,२०७८ सालको प्रथम विद्यार्थी म स्वयम आफै (नेत्र ब,साउद)२०७८ सालाको SEE मा जम्मा GPA 0.05 र सबै आठको आठौं बिषयमा E ,E आएर पछाडि back भएरको विद्यार्थी म नौ हु । तर आज त्यस्कै बदला भनौँ कि के भनौँ २०७९ को SEE मा 2.70 GPA आएकोमा म आफैंलाई गौरव ठान्दछु। म आफैलाई भन्न चाहान्छु कि २०७८ को SEE मा total 0.05 GPA आउनु मा मेरो कुनै दोस छैन भनेर। किनकि मैले लेखेको अनुसारको रिजल्ट यो कुनै पनि हालतमा हुन सक्दैन २०७८ र २०७९ see पेपर तुलना गर्दा ७९ को भन्दा ७८ पेपर अलि सहज थियो । ७९ को अलि अप्ठ्यारो प्रश्नपत्रमा त 3.92 GPA आईहाल्यो भने ७८ को सहज प्रश्नपत्रमा मैले लेखेको अनि सोचे अनुसार मेरो GPA यो भन्दा माथि नै आउन्थ्यो होला । तर खै के बिभिद कारण बसले त्यति खेर 0.05 GPA मात्र आउन पुग्यो, त्यो त मलाई थाहा भएन । मेरो यो GPA सुन्दा मलाई भाइ तिम्रो यो रिजल्ट केही न केही अवस्य बिग्रेर आएको हुन सक्छ,धैर्य गर? मेहिनेतको फल कहिले पनि खेर जादैन र रुख चढ्ने मानिस लढ्छ!भनेर मलाई सम्झाउने मेरा आदरणीय अग्रज दाजु हिक्मत साउद,कमल साउद,(ढकारी गा,पा,अध्यक्ष प्रकाश साउद) रबि रिमाल ,कृष्ण साउद,नरेन्द्र चलाउने,कटक साउद,(तपेन्द्र साउद) बिजय साउद लगायत मेरा साथीभाई बुबाआमा अनि मलाई शिक्षा दिने कालिका मा,वि सम्पूर्ण गुरुहरु प्रति हार्दिक नमन गर्न चाहान्छु। म यति सम्म बिस्वस्थ थिए कि ,मैले लेखे र सोचे जस्तो रिजल्ट न आए पनि पास त अवस्य हुन्छु भनेर त्यती खेर CTEVT र science ब्रिजकोर्ष पढ्नकाे लागि धनगढी आए तर त्यति खेर भने र सोचे जस्तो भने पढन पाएन। तर एक वर्ष back भईयो । पछि मैले सोचे कि कहिले काहीँ मिहिनेतको फल पनि तितो हुदो रहे छ भनेर । अब बिगतमा बिग्रेको सम्बन्ध होइन ,बिग्रेको सम्बन्ध बनाउनु छ

बिज्ञापन

सम्पूर्ण विद्यार्थीलाई म के भन्न चाहान्छु भने जिवनमा अगाडि बढ्दा बढ्दै कहिले काहीँ मानिसलाई कहानिर ठेस लाग्छ भन्ने कुरा कसैलाई थाहा हुदैन ।कसैलाई अगाडि नै ठेस लाग्छ त कसैलाई पछि ? जिवनमा लढ्ने मानिस भनेकै रूख चढ्ने मानिस हो। त्यसैले मानिसकाे स‌र्घष र मिहिनेत कहिले पनि खेर जादैन एक न एक दिन काम लाग्दो रहे छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel