दाङ घोराही उप-महानगरपालिकामा असार १४ गते दलित भएकै कारण पन्चदेवल बिनायक नगरपालिका ७ का महेन्द्र बि.क लाई दाङ उप-महानगरपालिका बर्स ६० को तारा प्रसाद पोख्रेलको घरमा बस्न गएका थिए पहिला कोठामा बस्न दिइ पछी दलित हो भन्ने थाहा पाएपछि कोठाबाट सामान बाहिर फालिदिएका थिए आफु पेशले आर्मी हु भन्ने पोख्रेल अहिले रिटाएर भएका छन उनि माथि जातिय छुवाछुत तथा भेदभाव सम्बन्धि कसुरमा मुद्दा दर्ता गरिएको छ उनि माथी थप अनुसन्धान भहिरहेको प्रहरीले जनाएको छ।
बिज्ञापन
असार/११ गते कोठा खज्दै जाँदा जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १७ भरतपुर पनौरा स्थित ऐ.ऐ. बस्ने तारा प्रसाद पोख्रेलको घरमा गइ कुराकानी गरी मलाई आफ्नो घरको भुइतलामा रहेको कोठा देखाएपछी कुरा गरी कोठा भाडा तिरेर बस्ने गरी सहमती भई मिति २०८०/०३/ १२ गते पहिले बस्दै आएको स्थानबाट सामान सारी श्रीमती र छोरी सहित तारा प्रसाद पोख्रेलको घरको कोठामा बसाइ सरी आएका थियौ र मिति २०८०/०३/१४ गते दिउँसो निजले मलाई तिमिहरु कामी रहेछी, मैले घर बनाए देखी अहिलेसम्म कुनै दलितलाई घरमा प्रवेश गराएको छैन तिमिहरु कोठामा आएपछी म बिरामी भएको छु तुरुन्त घरबाट निस्कीहाल भन्नु भएको थियो। मैले पनि निजलाई हामी आएको आज २ दिन भएको छ, केही दिनपछी अन्यत्र कोठा खोज्छौं अनि सछौं भनेकोमा मिति २०८०/०३/१५ गते दिउँसो म घरको कामको शिलसिलामा बजार गएको समयमा निज तारा प्रसाद पोख्रेलले कोठामा रहेकी मेरी श्रीमती शान्ती वि.क. र नाबालक छोरीलाई अपमान गरी कोठामा रहेका लुगा कपडा, भाँडा कुडा समेतका सामानहरु कोठाबाट निकाली बाहिर फालिदिई निजले म र मेरो श्रीमतीलाई कामी जाति भएकै कारण जातिय छुवाछुत तथा भेदभाव गरी अपमान गरेकोले भेदभाव गर्ने निज तारा प्रसाद पोख्रेललाई कानून बमोजिम हदैसम्मको कारवाही गरी उचित क्षतिपुर्ती पाउ भन्ने समेत व्यहोराको जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १७ भरतपुर पनौरा बस्ने अन्दाजी वर्ष ६० को तारा प्रसाद पोख्रेलको नाममा परेको किटानी जाहेरी दरखास्तको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज तारा प्रसाद पोखेललाई मिति २०८०।०३।१६ गते पक्राउ गरी निज उपर जातिय छुवाछुत तथा भेदभाव सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी आज मिति २०८०।०३।१७ गते सम्मानित दाङ जिल्ला अदालतबाट ५ दिन म्याद थप भई अनुसन्धान कार्य भईरहेको छ प्रवक्ता राजन कुमार गौतम नायव उपरीक्षक प्रहरीले एक बिज्ञप्ति निकालेर जानकारी दिनु भयो ।





