सरकारले चलचित्र ‘काँडेतार’ को कथा उत्कृष्ट घोषित गर्दै पुरस्कारस्वरुप आर्थिक सहयोग गरेको छ । चलचित्र विकाश बोर्डबाट स्टोरी बैंक (कथा संग्रहालय) अन्तर्गत सामना फिल्मस्‌ प्रालिद्वारा निर्मित काँडेतारको कथालाई उत्कृष्ट कथाको छनोट गरेको हो ।
काँडेतार सेन्सर गरिएको थियो तर चौतर्फी दवावपछि उक्त हुबहु प्रदर्शनको लागि अनुमति दिइएको थियो । नेपालको सीमा समस्यालाई लिएर बनाइएको चलचित्र अहिले च्यारिटी सो चलिरहेको छ । छिटै हलहरुमा लाग्ने निर्माता नवल खड्काले जानकारी दिएका छन् ।
निर्माता तथा नायक नवल खड्काले काँडेतारको कथा उत्कृष्ट घोषित गरिएपछि खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका छन् । देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित चलचित्रलाई नेपाल सरकारले सहयोग गर्नु सबै देशभक्त अभियन्ता तथा नागरिकहरुको सम्मान साथै स्वदेशी चलचित्रको प्रबर्ध्दन भएको महशुस गरेको खड्काले बताएका छन्
निर्माता खड्काले बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, वर्तमान अध्यक्ष भुवन केशी, निवर्तमान तथा वर्तमान बोर्ड सदस्यहरु, र स्टोरी बैंकका छनोट समितिबाट प्राप्त भएको सकारात्मक भावप्रति कृतज्ञता जाहेर गरेका छन् ।

बिज्ञापन

चलिचित्र विकास बोर्डको वार्षिकोत्सवको अबसरमा शनिबार संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुरस्कार हस्तान्तरण गरेकी थिइन् ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel