भुटेको मकै सुकेको रोटी ,सुर्खेत हुँदै पश्चिम डोटी यो नारा ब्यबहारमा परिणत भएको छ । भारत मा रहेका बिगुल प्रेसका रिपोर्टर लोकेन्द्र शाहीका अनुसार स्वर्गीय तप्त बहादुर बिष्ट ज्युले तालागाउँ सम्म जोडेको सडकलाइ सुर्खेत, डोटी र अछामको संगम स्थल सेती कर्णाली दोभान वेनिघाट सम्म बाटो पुर्याउने आवाज उठाउनुका साथै विशेष पहल गरेका थिए उक्त सडक जोड्न मुख्य सहयोग गर्नेमा चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बिक पनि पर्छन् उहाँको नारा अनि कामले मुर्तता पाएको छ ।
सुर्खेत तिर मोटरबाटो पुग्यो अछाम र डोटी तिर पनि काम तिब्ररुपमा भइरहेको छ कुरा सुर्खेत र पन्चपुरी ११ निवासी समाजसेवी पत्रकार हिमाल के पि परियार ले बिगुल प्रेस अनलाइनलाई जानकारी दिएअनुसार तीन वटै जिल्लाका माननियहरुले भौतिक पुर्वाधार मन्त्रालय र पुल महाशाखामा पक्की पुलको लागि पहल गरेको पनि जानकारी दिनु भयो उहाले बतायका अनुसार काम भएको देखिन्छ । त्येहाका जनताले आशा गरेका छन सुर्खेत र अछाम जोड्ने गरि पनि पक्की पुल बन्ने छ । बिकास प्रेमी माननीय ज्यु गा.पा.अध्यक्ष ज्यु हरु लगायत सम्पुर्ण लाई हार्दिक धन्यवाद दिनुभयो । जनता बिकास परिवर्तन र शान्ती चाहन्छन ,भाषणकम र बिकास धेरै गर्ने नेताको खाचो छ । चुनाबमा बिकास गर्छु भन्दै भोट दिनोस भन्ने नेताहरुले के कति काम गरे भन्ने बारे जनताले मुल्यांकन गरिरहेका छन । अछाम को कमलबजार एअरपोर्ट संचालन हुनुपर्छ भनेर युवाहरुले आवाज उठाएको पनि ६ बर्ष बितिसक्यो तर कसैले नसुने जस्तो गरे । तर यसपटक भने एअरपोर्ट को लागी १ करोड ६० लाख बजेट छुट्यापछि डोजर लगायर एअरपोर्ट को काम सुरु भयको स्थानीय हरुको भनाइ छ एअरपोर्ट को काम पूरा भयर उडान होस भन्न चाहान्छौ ।अछामका रोड ,पानी , बिजुली र पर्यटकिय क्षेत्र को सम्भावना बोकेका पांचुली , रामारोसन , लगायतका संभाबितक्षेत्र लाई पर्यटकिय क्षेत्र बनाउनु पर्ने माग रहेको बताउछन् ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
लोकेन्द्र शाही
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel