अबको ३ दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

बिज्ञापन

आज दिउँसो पश्चिम नेपालबाट पश्चिमी वायु प्रवेश गर्न लागेको र स्थानीय वायुको पनि प्रभाव रहेकाले अबको ३ दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना तर लगातारको झरी भने नपर्ने मौसमविद् गोविन्द झाले सीआईएनसँग बताउनुभयो ।

बिज्ञापन

उहाँका अनुसार आजलाई विशेषगरी कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा पानी पर्नेछ भने कोसी र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राति पनि कोसी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरी चल्दा अरु ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

बिज्ञापन

आज भित्रने प्रणालीको प्रभावले भोलि र पर्सि पनि तराईका भूभागमा हुरीबतास र पहाडमा मेघगर्जनसहित पानी पर्ने भएका कारण सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel