नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले स्थानीय निकायलाई ज्ञापनपत्र बुझाउने र अहिले शिक्षामा भहिरको शुल्क बृद्दि र राज्यले दिने १०% छात्रवृत्तिल गाएत तमाम विषयमा संघर्ष गर्ने भएको छ । काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा बसेको उपत्यका ब्यूरो समितिको बैठकले निर्णय गरेको छ ।
अध्यक्ष प्रकाश सि
बैठकले ३ महिने क्याम्पस र +२ अभियान संचालन गर्ने,अभियान अबधिमा संगठन सदस्यता बितरम गर्ने बैठक ,भेला , इकाई सम्मेलन जिल्ला सम्मेलन ,अन्तक्रिर्या गर्ने,शिक्षामा देखिएका बिकृती ,विसंगति , र अहिले स्कुल कलेजमा देखिएका शैक्षिक गुणस्तर ,र विभिन्न बहानका नाममा विद्यार्थी बाट लिएको चर्को शुल्क ,छात्रवृत्ति , स्कुल,कलेजहरुमा भैरहेको भ्रष्टाचार लगायतका विषयमा केन्द्रीत रहेर संघर्ष गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकमा पार्टीका पोलिटब्युरो सदस्य एबम उपत्यका ब्यूरो इन्चार्ज प्रमुख अतिथि क.कृति सि ले स्ववियुमा उम्मेदवार उठेकालाई र जितेका कम्रेडहरुलाई बधाई सहित धन्यवाद दिनु भयो ।उहले भन्नु भयो कि पार्टीको मुख्य काम नै संगठन र उत्पादन नै हो अहिले पार्टी केन्द्रले जोड गरेको भनेकै मुख्य काम नै संगठन र उत्पादन हो अहिले नेपालका कम्युनिस्टहरुमा देखापरेकै भनेको समस्य हो आफुपनि नगर्ने र अरुलाई पनि गर्न नदिने भए यसलाई पार्टीले नयाँ मोडलमा लिन खोजेको छ । शिक्षमा भएको निजीकरण र माफियाकरणको अन्त्ये नभए सम्म विद्यार्थीले राम्रो अध्यायन गर्न पाउदैन आज नेपालको अवस्था कस्तो छ भन्यो राम्रो ग्रेड अथवा A लेभलको परिवार क्यानडा अमेरिक जान्छ भने अर्थिकहिसाबल कम्जोर भएका विद्यार्थीहरु खाडि मुलुकमा जान्छ्न यि सबै खालका विषयलाई तोड्न एकीकृत जनक्रान्तिले मात्र देश जनतालाई निकास दिन सक्छ भन्नु भयो । अहिले पुजीवादले नयाँ नयाँ तरिकाले जनतालाई हनन गरिरहेको भताउनु भयो त्यस्तै अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष एबम विशेष अतिथि प्रकाश सिले बिद्यालयले १०%छात्रवृत्ति लाई हाम्रो संगठनले कटाईपुर्वक लागु गराउन दबाब सिर्जना गर्ने र अब पुरानो तरिकाले संगठन नबन्ने र अब नयाँ तरिकाले संगठनलाई लैजानु पर्छ । विद्यार्थी संगठनले अबको मुख्य भुमिका भनेको संगठन र उत्पादनलाई जोड्दिनु भयो भने संगठन विस्तार लाई तिब्रता दिएर सयौं विद्यार्थी हरुलाइ वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको आन्दोलनमा जोड्न निर्देशन दिए साथै अध्यक्ष प्रकाश सी ले स्कुल र कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले नयाँ नयाँ कुराको खोज अध्ययन ,अनुसन्धान गरेर समाजवादी शिक्षा को खाका बनाउन पनि तयार हुनुपर्ने सुझाव दिए। अर्को एक प्रसंगमा दलाल संसदीय व्यवस्था र यसको शिक्षा प्रणालीको कारण युवाहरुमा वितृष्णा छाएको र विदेशिने क्रम चलेको भन्दै युवा पलायन रोक्न राज्यका विरुद्ध संघर्ष गर्नु पर्ने बताए ।
सचीव प्रकाश सि
संगठनका सचिव तथा मध्यकमाण्डका इन्चार्ज प्रकाश सी ले विद्यार्थी हरु नै यो समाजको सचेत तप्का भएकाले वैज्ञानिक समाजवाद प्राप्त गर्न अग्र पंक्तिमा अग्रसर भएर लाग्नु पर्ने बताए साथै सचिव प्रकाश सी ले अबको विद्यार्थी आन्दोलन लाई नयाँ उचाइमा पुर्याउनुको विद्यार्थीले महत्वपूर्ण भुमिका खेल्न सुझाव दिए।साथै अहिलेका दलाल संसदीय व्यवस्थाका मतियार हरु बाट शैक्षिक क्षेत्रको रुपान्तरण सम्भव नभएकाले वैज्ञानिक समाजवाद प्राप्तिको आन्दोलनमा हजारौं लाखौ विद्यार्थीहरु लाई सहभागी गराएर निर्णायक आन्दोलन छेडनु पर्ने बताए।
अखिल(क्रान्तिकारी)का केन्द्रिय सचिवलय सदस्य उपत्यका ब्युरो इन्चार्ज अटल सिले बैठकमा उठेका विषय बस्तुलाईलाई प्रष्ट छलफल गर्नु भयो । बैठकका निर्णय लाई अब जिल्ला र ईकाईहरुमा कटाईपुर्वक लागु गर्ने निर्देश दिनु भयो ।
उपत्यका ब्युरो बैठकमा केन्द्रीय सदस्य र जिल्ला ,संयोजकहरुले स्ववियु सबन्धि समिक्षा र संगठन निर्माण र अभियान संन्चालन र पार्टी संगठनलाई सुझाव सल्लाह सहितको रिपोर्ट राख्नु भयो उपत्यका ब्युरो समिति अन्तर्गत काठमाडौंका ६ वटा जिल्ला ललितपुर र भक्तपुर रहेका छ्न ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel