कार्ल मार्क्स…
एउटा साधारण मान्छे ,
जो पछि असाधारण बन्न पुग्यो ,
जसले दुनियाँ बुझ्ने मात्रै होइन
बदल्ने पनि हो भन्यो !
बिज्ञापन
दासता , बन्दकी र जन्जिरको जीवन
बाचेकाहरु लाई ,
श्रम र पसिना लुटिदै लुटिदै आएकाहरु लाई ,
उसले उदघोष गर्यो
संसारका सबै उत्पीडित र मजदुरहरु एक होऔ
भनेर !
बिज्ञापन
उसले…
संसार भरी हार्नेहरु लाई
संसार नै जित्न सकिन्छ भनेर सिकायो ,
उसले
कमजोरहरु लाई शक्तिशाली बन्न सिकायो ,
उसले
अनपढहरु लाई पनि दुनियाँले पढने बनाई दियो ,
उसले
अशक्तहरु लाई पनि सशक्त बन्न सिकायो ,
जो आज घाम जस्तै छर्लङ्ग छ !
उसले सिकायो कि….
सबै संकटहरु लाई एउटा विचार र उदघोष चाहिन्छ ,
जसबाट दुनियाँ लाई आफू तिर फर्काउन सकिन्छ !
बिज्ञापन
उ चाहन्थ्यो
सबै शोषण र विभेदको अन्त्य ,
उ प्रेरक थियो
मजदुरका अधिकारहरुको ,
उ चिन्तक थियो
केही नहुनेका अभावहरुको
खासमा…
उ ल्याउन चाहन्थ्यो अधिनायकत्व
सर्वहारा वर्गको !
उ त गयो
मजदुरहरुको मुक्ति का लागि
इतिहास , दर्शन , अर्थशास्त्र , समाज र राजनीतिमा
आफ्नो छाप छोडेर ,
उसले…
मुक्ति गाथाहरु लेख्दा लेख्दै
व्यक्तिगत जिवनका असीमित धेरै कुराहरुको बलिदान दियो ,
उ
चरम आलोचनाको सिकार भयो
अबुझ , लुटने र लुटिखानेहरुको
र
आज पनि छ ,
फेरिपनी….
उ आफ्नो त्याग , समर्पण र प्रतिबद्धताले
अन्तिम सम्म जुधिरहयो , डटिरहयो र लडिरहयो !
त्यसैले त
आज पनि
मार्क्स लाई मनमस्तिष्क
र
मार्क्सवाद लाई
संघर्षका मोर्चाहरुमा
दुनियाँका सबै मजदुरले
जिवित राखेका छ्न !
अखिल(क्रान्तिकारी)का उपाध्यक्ष !
२०५ औं मार्क्स जयन्तीको सबैमा हार्दिक शुभकामना !!






