काठमाडौ /नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टीबिच एकता/ ध्रुवीकरण हुने भएको छ। पछिल्लो समय नेपालका कम्युनिस्ट पार्टीहरुको बिचमा एकता र ध्रुवीकरणको सिलसिला अगाडि बढ्दै गएको बेला नेकपा र श्रमिक जनता पार्टीबिच भोलि १८ गते एकताको घोषणा हुने भएको हो।

बिज्ञापन

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल शर्माले जानकारी दिए अनुसार यो बर्षको अन्तरास्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा दिउँसो १२ बजे घोषणासभा हुने बताएका छन।

बिज्ञापन

नेपालको स्वाधीनता माथि साम्राज्यवादी हस्तक्षेप तीव्र हुँदै गएर देशको सार्वभौमसत्ता र स्वाधीनता समेत खतरामा पर्न सक्ने भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध बनाउने र एकता हुन नसक्ने पार्टीहरुसंग संयुक्त मोर्चा वा कार्यगत एकतामा ल्याउन पहल गर्ने अभिव्यक्ति यस अघि नै दिएका थिए।

यसै क्रममा बैशाख ९ गते लेनिनजयन्ती तथा नेकपाको स्थापना दिवसको सन्दर्भ पारेर नेकपा र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा ( माओवादी समाजवादी) एक भईसकेका छन।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel