अखिल (क्रान्तिकारी) ले काठमाडौं महानगरपालिकाको शिक्षा महाशाखामा तालाबन्दी गरेको छ ।

बिज्ञापन

सङ्गठनका काठमाडौं जिल्ला संयोजक मिम बहादुर ऐडीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा २०७९ पौष १९ र २०८० वैशाख १३ गते काठमाडौं महानगरपालिकाको शिक्षा शाखाले प्रेसित निर्देशन पत्र प्रति संगठनको गम्भीर आपत्ति रहेको बताउदैं अनिश्चितकालिन तालाबन्दी गरिएको बताइएको छ ।

बिज्ञापन

‘शैक्षिक माफियाको निर्देशनमा नेपालका विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनका विरुद्ध बालेन सरकार जसरी आएको छ, त्यसको हाम्रो संगठन प्रतिवाद गर्न चाहान्छ ।, विज्ञप्तिमा उल्लेख छ ।’

त्यस्तै संगठनले विगतमा पनि पटक पटक महानगरपालिकालाई मौखिक र लिखित रुपमा शैक्षिक बिकृती र शैक्षिक रुपान्तरणका विषय सहि माग पत्र पेस गरेको स्मरण गराउदैं विगतमा पेश गरिएका मागपत्रको छलफल र बहसबाट हल गर्नुको साटाे शैक्षिक माफीयासंग मिलेर विद्यार्थी आन्दोलनका र संगठनहरु बिरुद्ध आउनु घोर आपत्तिजन भएको बताएको छ ।

बिज्ञापन

साथै भर्नाको नाममा लाखौं शुल्क अवैधानिक तरिकाले असुली गरिरहेको भएतपनि काठमाडौं महानगर कानमा तेल हालेर बसेको आरोप लगाउदैं बिगतमा संगठनले बुझाएको मागहरु प्रति गम्भीर बन्दै महानगरले गरेको गलत निर्णय नसच्याए सम्म हाम्रो तालाबन्दी जारी रहने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel