अछाम/बैंक तथा लघुवित्त संस्था हरूको चर्को व्याजदर, ॠणि माथि हुने ज्यादती र छिपेखोला किनारमा श्रमिकहरुले प्रसोधन गरेको गिट्टी र वालुवा को उचित व्यवस्थापन गर्न माग गर्दै साफेबगर बजारमा विरोध प्रदर्शन सहित नगरपालिकामा कोणसभा कार्यक्रम सम्पन्न भएको छ ।

बिज्ञापन


सुक्रबार ३३औं जनआन्दोलन दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी र बैंक तथा लघुवित्तद्वारा गरिएको लुट र आतंक विरुद्धको संघर्ष समिति साफेबगरले आयोजनामा गरेको विरोध प्रदर्शन कार्यक्रम कोणसभामा परिणत भएको हो।

नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछाम सचिव तथा केन्द्रिय प्रतिनिधि सदस्य निरक सि ले कोणसभा कार्यक्रमको सम्वोधन गर्दै आज सरकार जनता, उत्पीडित समुदाय, महिला, श्रमिक समूदाय र किसानहरू प्रति बेखवर भएकाले जनताले आज संघर्ष र विद्रोह गर्नुपरेको बताए । सरकार देश र जनता प्रति संवेदनशील भएको छैन, साफेबगरमा १२ओटा लघुवित्त र ८ ओटा बैंकहरू रहेका छन् र ति बैंक तथा लघुवित्त संस्थाहरुलाई चर्को व्याजदर तत्काल नियन्त्रण गरेर १अंकमा व्याजदर कायम नगरेसम्म किस्ता र व्याज नउठाउन पार्टीको तर्फबाट चेतावनी दिदै ऋणि माथि गरिएको दुर्व्यवहार, ज्यादती र मान्छेलाई मर्न वाध्य पार्ने कार्य तत्काल रोकि जनताले सहज प्रतिस्थितमा व्याज तथा किस्था तिर्ने वातावरण सृजना गर्न पनि आह्वान गरेका थिए ।

छिपेखोला किनारामा गरिव निमुखा जनताहरुले दिन रात नभनि कुटेको गिट्टीको उचित व्यवस्थापन सम्वन्धीत निकायले नगरेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए। जनता द्वारा प्रसोधन गरिएको गिट्टी, वालुवा उचित मुल्यका साथ व्यवस्थापन गर्न सम्बन्धित निकाय तथा नगरपालिकासम्म जोडदार माग गरेकाछन् र साथै सो कार्य गर्न नसक्ने भए ति जनताको वैकल्पिक व्यवस्था गरिनु पर्ने बताए र माग पुरा नभए उत्पिडित जनसमुदाय संघर्षमा सहभागी हुनपर्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताउँदै पिडित जनताको अधिकार जस्तो सुकै मुल्यचुकाएर भएता पनि दिलाएरै छोड्ने बताएका थिए। विगत ४/५ वर्ष देखि गिट्टी बेचेको पैसा नदिने ठेकेदार तत्काल पैंसा दिन भनेकाछन्, नदिएमा पार्टी सोच्न बाध्य हुने पनि चेतावनी दिएका छन् ।

बैंक तथा लघुवित्तद्वारा गरिएको लुट र आतंक विरुद्धको संघर्ष समितिका संयोजक राधिका नेपालीले कोणसभा कार्यक्रममा यो आन्दोलन जुनसुकै अवस्थामा पनि टुंगोमा पुर्याएरै छोड्ने बताए

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel