२०७९ चैत्र २३ गते, स्थानिय कलासंस्कृति, साहित्यको विकास र विस्तार गर्दै अन्तराष्ट्रिय मन्चमा उभ्याउने उदेश्यले सुदूरपश्चिमका युवा कलाकारको संयुक्त पहल स्वरुप जन्मथली मन्च काठ्माण्डौंले संस्थागत आकार पाएको छ । र अब यो संस्था तपाईको, मेरो र हाम्रो थलाे भएको छ ।

हाम्रा आँखामा हजार माइलको सपना छ । र त हामीले यो पाइला चाल्ने अठोट गर्यौ । यो पाइला कुनै एक व्यक्ति र कुनै स्वार्थ समुहको होइन । उहाले भन्नु भयो । यो पाइला समग्र देउडा सभ्यता र संस्कृतिको हो । याे कदम जन्मभुमीप्रति सर्मपणले कोरिएको संकल्प हो ।
बिज्ञापन
युवा पुस्ताले अघिल्लो पुस्ताले बनाएकाे देउडाको क्यान्भाषलाई थप रंगीन बनाउनु छ । त्यसैले पुस्ताहरु बिचको रचनात्मक समिकरण मिलाउँदै कला संस्कृतिको विकास र विस्तारमा खटिनु छ । निरन्तर सिकाइ, एकता र सहअस्तित्वलाई हृदयमा राखेर धेरै परसम्म पुग्नु छ ।
बिज्ञापन
अब यो कलिलो कदमलाई तपाईको आत्मियता, सक्रिय साथ र सहयोग चाहिएको छ । जन्मथली मन्च आकाश हो, यहाँ सबैलाई अटाउने सोच, सपना र स्थान छ ।
संस्थाको वैधानिकता अनुसार हामीले पद र पहँचका लागि नभइ सपनाको नजिक पुर्याउनका लागि खटिने साझा कार्यसमिति निर्माण गरेका छाैं । अनामनगरमा भएकाे सामुहिक छलफल तथा भेलाले निर्णय गरेको पदाधिकारीहरुको नाम तथा पदलाई निम्न अनुसार उल्लेख गरेका छौं ।
बिज्ञापन
अध्यक्षः टंक तिमिल्सिना
उपाध्यक्षः अनिता चलाउने
सचिवः रतन देवकोटा
सहसचिवः बिक्रम चौहान
कोषाअध्यक्षः रवि ओड
सह कोषाअध्यक्षः गौरी भट्ट
सदस्यहरुमा:१. रेखा जोशी (कन्चन्पुर)२. चेतन बोहरा (कैलाली)३. जनक ताम्राकार (डडेलधुरा)४. भरत भट्ट (डोटी)५. निरुता खत्री (अछाम)६. पवेन्द्र सुनार (बाजुरा)७. गौरब गीरी (दार्चुला)८. देवराज जोशी (बझांग)९. भावना चन्द (बैतडी)१०. बादल थापामगर (कन्चनपुर)११. अन्जु कुस्मी थारु (कैलाली)१२. रोहीत देउवा (डडेलधुरा)१३. सन्तोष सुनार (कन्चनपुर)१४. जे.पी रेग्मी (अछाम)१५. कृष्ण बोहरा यात्री (कैलाली) जम्मा २१ जना सदस्यीय गठन भएको छ !
हाम्राे याे पाइला देखेर धेरै जना सल्लाहकारले हामीलाई हाैसला थपिदिनु भएकाे छ । हामी तपाईकाे खुला हृदयप्रति सदैव आभारी छाै। अध्यक्ष टंक तिमिल्सिना जानकारी दिनु भयो !






