त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन देशभरका विभिन्न आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा सफलताका साथ सम्पन्न भएको छ ।
देशभरका क्याम्पसहरुमा छिटपुट बाहेक शान्तिपूर्ण ढंगले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन सम्पन्न भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । उपत्यकाका १४ बटा आंगिक क्याम्पसहरुमा निर्वाचन सम्पन्न गरिएको छ ।
उपत्यकामा मतदान भएका सानोठिमी क्याम्पसमा १३ सय २ मतदाता रहेकोमा ७ सय ९५ले मतदान गरेका छन । भक्तपुर क्याम्पसमा ४ हजार १ मतदाता मध्येमा २ हजार २२ विद्यार्थीले मतदान गरेका छन् । पूल्चोक क्याम्पसमा २ हजार ६ सय ९९ मतदाता मध्ये २ हजार ३ सय ४१ विद्यार्थीले मतदान गरेका छन । यसैगरी थापाथली इन्जिनियरिङ क्याम्पसमा १ हजार ७ सय ३८ मध्ये १ हजार ५ सय ५० विद्यार्थीले मतदान गरेका छन् । पद्यकन्या क्याम्पसमा ५ हजार ६ सय ६९ मतदाता मध्ये १ हजार ८ सय १७ विद्याार्थीले मतदान गरेका छन् । महाराजगंज चिकित्सा क्याम्पसमा १ हजार ३ सय १० मतदाता मध्ये १ हजार १ सय ८२ विद्यार्थीले मतदान गरेका छन । महाराजगंज नर्सिङ क्याम्पसमा ३ सय ६९ मतदाताहरु रहेकोमा ३ सय ५१ विद्यार्थीले मतदान गरेका छन् । सरस्वती क्याम्पसमा २ हजार ४ सय ५३ मतदाता मध्ये १ हजार ३ सय ३४ विद्यार्थीले मतदान गरेका छन । पब्लिक युथ क्याम्पसमा ४ हजार १ सय ३९ मतदाता मध्ये १ हजार ७ सय ५६ विद्यार्थीले मतादान गरेका छन् । महेन्द्ररत्न क्याम्पस ताहचलमा २ हजार ४३ मतदाता मध्ये ८ सय ७८ विद्यार्थीले मतदान गरेका छन् । विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा ३ हजार ४ सय २२ विद्यार्थी मध्ये २ हजार ७६ विद्यार्थीले मतदान गरेका छन । नेपाल ल क्याम्पसमा २ हजार २ सय ६९ मतदाता मध्ये १ हजार २ सय ६६ विद्यार्थीले मतदान गरेका छन् । जनप्रशासन क्याम्पसमा १ हजार २ सय २५ मतदाता मध्ये ८ सय ३६ विद्यार्थीले मतदान गरेका छन् । शंकरदेव क्याम्पसमा ८ हजार ४ सय ८५ मतदाता रहेकोमा ३ हजार १ सय ७७ विद्यार्थीले मतदान गरेका छन् ।
प्रारम्भिक नतिजाअनुसार देशभरका क्याम्पसहरुमा ६० प्रतिशत मतदान सम्पन्न भएको र उपत्यकाका पूल्चोक क्याम्पस, थापाथली क्याम्पस र विश्वविद्यालय क्याम्पसमा विद्युतीय मतदान भएको छ । उपत्यकाभित्र २०७९ चैत ५ मा निर्वाचन हुन नसकेका आंगिक क्याम्पसहरुमा आर्युवेद क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्श क्याम्पस मीनभवन, विश्वभाषा क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पस रहेका छन् ।





