आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि संयुक्त क्रान्तिकारी विद्यार्थी मोर्चाले शनिबार नेपाल ल क्याम्पसमा उम्मेदवारी दर्ता गराएका छन् । अखिल क्रान्तिकारी(विप्लव)र वैज्ञानिक समाजवादी विद्यार्थी संगठन,नेपालका विद्यार्थीले संयुक्त मोर्चाको निर्माण गरेर उम्मेदवारी दर्ता गराएको हो ।दर्ता भएको उम्मेदवारी नामावली अनुसार अध्यक्षमा अखिल क्रान्तिकारी(विप्लब)की रविना सथशंकर,सचिवमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका प्रदीप विश्वकर्मा,कोषाध्यक्षमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकै सुस्मिता तुम्सिङ मगर र समानुपातिक तर्फको सदस्यहरुमा पनि वैज्ञानिक समाजवादी विद्यार्थी संगठनबाटै पुजा अधिकारी र प्रशान्त हरिजनले उम्मेदवारी दर्ता गराएका छन् ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel