काठमाडौं,राजावादी अभियान्ता दुर्गा प्रसाइँ पक्राउ परेका छन् । उनलाई भारतको आसामबाट नेपाल प्रहरीले पक्राउ गरेको हो । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका हुन् ।
बिज्ञापन
प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् । उनलाई नेपाल ल्याउने प्रक्रिया शुरु भएको छ ।
बिज्ञापन
सुरूमा सीआईबी र उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी थालेपनि पछि प्रसाईँलाई खोज्ने जिम्मा प्रहरीको विशेष ब्युरोले लिएको थियो ।






