काठमाडौं – पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सचिव पदका लागि आरती नेपालीले उम्मेदवारी घोषणा गरेकी छन्। क्याम्पसमा विद्यार्थी हकहितका मुद्दाहरू उठाउँदै आएकी नेपालीले समावेशीता, शैक्षिक सुधार, र विद्यार्थी कल्याणका विषयमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उम्मेदवारी घोषणासँगै उनले क्याम्पसमा प्रशासनिक पारदर्शिता, छात्रवृत्ति पहुँच, तथा शिक्षण-सीप अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेकी छन्। साथै, विद्यार्थीहरूका आवाज बुलन्द गर्दै प्रभावकारी नेतृत्व दिने उनको लक्ष्य रहेको छ।
स्ववियु निर्वाचनमा नेपालीको उम्मेदवारीले विद्यार्थीहरूमा उत्साह थपेको छ। आगामी निर्वाचनमा उनको प्रतिस्पर्धा कति प्रभावशाली हुन्छ भन्ने चासो बढेको छ।





