दाङ घोराही उपमहानगरपालिका – १४ का वडाध्यक्ष भानसिंह बुढाले शुभ प्रभात माविका प्रधानाध्यापक रुद्र बुढा माथि कुटपिट गरेका गरेका छ
बिज्ञापन
वडाध्यक्षपछि प्रेम बुढा, सुजन बुढा लगाएत दश बाह्र जनाले मुक्का र लात्तीले निर्घात कुटपिट गरेको प्रअ बुढाले बताए।
बिज्ञापन
बुधबार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुन्नका लागि भेला बोलाइएको थियो। त्यो भेलामा उपस्थित अभिभावको संख्या निकै कम थियो । त्यसपछि प्रअ बुढाले भेलाका लागि कोरम नपुगेको हुँदा त्यो भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति चयन गर्न नसक्ने बताएका थिए।
वडाध्यक्ष बुढाले पठक पठक फोनमा गाली गरि जसरी भएपनि आफ्नो मान्छे बिधालय व्यवस्था समितिको अध्यक्षमा राक्न दबाब समेत दिएको प्र.अ को भनाइ छ।
‘मैले पचास प्रतिशत भन्दा बढी संख्या पुगेपछि मात्रै नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको कुरा लेख्छु भन्ने कुरा गरेको थिए,’ प्रअ बुढाले भने, ‘आफूले भनेका व्यक्ति विद्यालय व्यवस्थापन समितिमा नहुने भएपछि वडाध्यक्ष र उनका गुन्डाहरुले म माथि सार्वजनिक रुपमै निर्घात कुटपिट गरे ।’
बिज्ञापन
वडाध्यक्ष पनि एमालेबाट निर्वाचित हो र म पनि एमाले समर्थक नै हुँ,’ प्रअ बुढाले भने ‘ तर, म गलतलाई सही भन्न सक्दिन । कोरम नपुग्ने र वडाध्यक्षले भनेका व्यक्तिलाई व्यवस्थापन समितिको अध्यक्ष बनाउनु गलत हो भनेपछि ममाथि आक्रमण भएको हो ।’
बुधबारको भेलामा पनि कोरम नपुगेका कारण फेरि अर्कौ बैठक बस्नु पर्ने अडान प्रअले लिएपछि वडाध्यक्ष र उनको समूह कुटपिटमा उत्रिएका थिए ।
प्रअ बुढालाई कुटपिट बाट बचाउन जाँदा नेकपा (बहुमत)निकट अखिल(क्रान्तिकारी) का केन्द्रिय सदस्य एवम दाङ जिल्लाका अध्यक्ष नरेन्द्र बि.क अर्का विद्यार्थी नेता पवन विश्वकर्मा लाई समेत वडाध्यक्षका गुन्डाले कुटपिट गरेका छ्न ।
यसैबीच संयुक्त विद्यार्थी संगठनहरुले वक्तव्य जारी गर्दै गुण्डागर्दी गर्ने वड्ध्यक्ष लाई कार्वाही गर्न माग गरेका छ्न । अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गोविन्द मल्ल, अखिल (क्रान्तिकारी) दाङका इञ्चार्ज सोमपाल कामी, अखिल (क्रान्तिकारी) दाङका संयोजक इन्दु वली, अखिल छैठौं (दाङ) का अध्यक्ष सेवक भट्टराईले संयुक्त वक्तव्य जारी गर्दै कुटपिट घटनाको निन्दा गरेका छन् ।
भिडियो






