काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय समिति बैठकको निर्णयलाई सार्वजनिक गर्न विशेष पत्रकार सम्मेलनको आयोजना गरिने भएको छ।
पत्रकार सम्मेलन यही २०८१ फागुन १३ गते, मंगलबारका दिन बिहान ११:३० बजे अनामनगरस्थित संवाद डबलीमा आयोजना गरिने छ।
केन्द्रीय समितिको नवौं महाधिवेशन तथा बैठकका निर्णयहरूलाई सार्वजनिक गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको पार्टीले जनाएको छ। पार्टीले वैज्ञानिक समाजवादको नारा दिंदै श्रमिक तथा उत्पीडित जनतालाई एकताबद्ध हुन आह्वान गरेको छ।
कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहने तथा पार्टीको आगामी योजनाका बारेमा विस्तृत जानकारी प्रदान गरिने अपेक्षा गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को आयोजनामा हुने उक्त पत्रकार सम्मेलनमा सबै पत्रकार तथा सम्बन्धित व्यक्तिहरूको उपस्थिति गराउन अनुरोध गरिएको छ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel