बाँके – मिति २०८१ माघ १ गते राति ९:२० बजे बाँके जिल्लाको बेजनाथ गाउँपालिका-८ स्थित लाइन बस्ने १८ वर्षीय युवक बुद्दबहादुर बुढाको हत्या गरिएको छ। विवादकै क्रममा झगडा हुँदा धारिलो हतियार प्रयोग गरी बुढामाथि आक्रमण भएको थियो। गम्भीर घाइते उनलाई भेरी अस्पतालमा उपचारका लागि लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिज्ञापन
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमा २० वर्षीय मनिषा राना, १९ वर्षीय रामबहादुर राना, १८ वर्षीय भिजन नेपाली, १९ वर्षीय हिमबहादुर बुढा, २७ वर्षीया अमृता डाँगी र १८ वर्षीय सुजन बुढा रहेका छन्।
बिज्ञापन
बाँके प्रहरीले उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






