काठमाडौं(माघ२६) चितवनकी अस्मिता आचार्य ‘हनीट्रयाप’ आरोपमा पक्राउ परेकी छिन्। उनले ५० वर्षीय पुरुषलाई जालमा पारेर १० लाख असुल्न खोजेको आरोप लागेको छ।

बिज्ञापन

चार महिनाअघि कुलेश्वरस्थित एक इलेक्ट्रोनिक्स पसलमा पुगेर उनले राइसकुकर मर्मत गराइन्। पसल सञ्चालकसँग सम्पर्क बढाउँदै सापटी मागिन्। सानो रकम लिएर दुई लाख रुपैयाँसम्मको माग गरिन्। जब पसल सञ्चालकले अस्वीकार गरे, उनले ठमेलमा खाजा

बिज्ञापन

त्येसपछि उनले सिनामंगलको एक होटलमा जान प्रस्ताव गरिन्। होटल पुगेपछि ‘पैसा नदिए बलात्कार मुद्दामा फसाउँछु’ भन्दै धम्की दिइन्। चार दिनपछि उनले पीडितको छोरालाई फेसबुकमा सन्देश पठाइन्, ‘तिम्रो बुवाले मलाई बलात्कार गरे।’ आत्तिएको परिवारले १० लाख दिन सहमति जनायो, ३ लाखको चेक दियो।

तर, प्रहरी घटनाको जानकारी पाएपछि अस्मितालाई चेक लिइरहेको अवस्थामा पक्राउ गर्यो। उनले प्रहरीलाई भनेकी छिन्, ‘श्रीमान् अस्ट्रेलियामा हुनुहुन्छ। म पनि जाने तयारीमा थिएँ, पैसाको खाँचो थियो।’ प्रहरीले उनलाई आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel