काठमाडौं १४ वर्षीय हिक्मत टमट्टा क्यान्सर जस्तो गम्भीर रोगसँग लडिरहेका छन्। उनको यो संघर्षमा परिवारले तपाईंको सानो सहयोगले ठुलो चमत्कार ल्याउन सक्छ भन्ने आशा राखेर सबैसँग सहयोगको अपिल गरेका छ्न ।
बिज्ञापन
कालिकोट जिल्ला, रास्कोट नगरपालिका–४ का एक साधारण किसान परिवारका हिक्मत अहिले जीवन र मृत्युसँग लडिरहेका छन्। बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएपछि, उपचारको लागि करिब २५–३० लाख रुपैयाँ आवश्यक भएको छ। तर, परिवारको कमजोर आर्थिक स्थितिले यो रकम जुटाउन असमर्थ भएकोले उनीहरूले सहयोगी मनहरूलाई गुहारेका छन्।
बिज्ञापन
हिक्मतलाई बचाउन उनको बुबाले भारतको ऋषिकेशस्थित AIIMS अस्पतालसम्म पुर्याए। आफ्नो सन्तानलाई नयाँ जीवन दिने आशामा परिवारले पहिले नै ठूलो ऋण लिएका छन्। तर अब थप उपचार गर्न आर्थिक भारमा परेका छन।
प्रिय मनकारी मनहरू, तपाईंको सानो सहयोगले हिक्मतको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। यो सन्देश पढिरहँदा तपाईंले अनुभूति गर्ने मानवीयता नै उनलाई बचाउने आशा हो।
बिज्ञापन
सहयोग गर्न चाहनुहुनेले तलका माध्यमबाट सहयोग गर्न सक्नुहुनेछः
बैंक खाता:
ग्लोबल आइएमई बैंक लिमिटेड
खाता नं. १३७०७०१०००८८७२
खातावाल: मीन कामी (टमट्टा)
ई-सेवा वा आईएमई पे:
सम्बन्धित माध्यमबाट सहयोग गर्न सक्नुहुन्छ।
प्रत्यक्ष सम्पर्क:
मीन कामी (टमट्टा)
फोन: ९८४२८७६०३२
आउनुहोस्, हिक्मतलाई जीवन दिन सँगै जुटौं। तपाईंको सानो सहयोगले उनी र उनको परिवारलाई नयाँ जीवनको उज्यालो दिन सक्छ। हिक्मतको पुनर्जन्मको कथा तपाईंको सहयोगी हातबाट लेखिन सक्छ।।
सेवा नै धर्म हो ।






