काठमाडौं । ११,नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को नवौँ महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन गर्दै शुरु भएको नेकपा (बहुमत) को नवौँ महाधिवेशन ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै आज (बिहीबार) सम्पन्न भएको हो ।

बिज्ञापन

माघ ५ गतेबाट कीर्तिपुरको अडिटोरियम हलमा शुरु भएको बन्द सत्रमा १६ वटा समूहले दस्तावेज र विधान पारित गरिसकेपछि बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष दीर्घराज पाण्डेले आयोजक समिति विघटनको घोषणा गर्नु भएको थियो । अध्यक्ष मण्डललाई निर्वाचन मण्डलमा परिणत गरिएको थियो । त्यसको लगत्तै अध्यक्ष मण्डलका सदस्य सरला रेग्मीले केन्द्रीय समिति सदस्यको सङ्ख्या ९९ को प्रस्ताव गरेकी थिइन् । उक्त सङ्ख्यालाई हलले ताली बजाएर पारित गरेको थियो ।

बिज्ञापन

त्यसको लगत्तै रेग्मीले ९९ जना केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेकी थिइन् । उनीले प्रस्ताव गरेको नाम हलले ताली बजाएर एकमतले पारित गरेको थियो । केन्द्रीय समितिको चयन एकमतले पारित भएपछि जेष्ठ सदस्य जटिलको अध्यक्षतामा पहिलो बैठक बसी महासचिवमा कञ्चनलाई निर्वाचित गरेको थियो । निर्वाचन मण्डलका प्रमुख दीर्घराज पाण्डेले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका थिए ।

केन्द्रीय समितीमा चयन हुनेहरुमा महासचिव कञ्चन सहित, उदय बहादुर चलाउने ‘दिपक’, गुणराज लोहनी, प्रकाश धमाला ‘गम्भिर’, सरद रसाइली, दिपेन्द्र चलाउने, अनन्त केसी, मिलन राई, तिलक पुन, सागर लिम्बु, नरेन्द्र विश्वकर्मा, गोकुल पराजुली, लाल बहादुर बिसी, देवकला अधिकारी, धुर्ब खडका, बर्दि चौलागाई ‘आमोद’, प्रेम प्रकाश ओली ‘धमिल’, हरि श्रेष्ट, लोकेन्द्र विश्वकर्मा ‘सुजन’, बिरेन्द्र शाह, झलक विश्वकर्मा, हरिष भट्ट, संगम आरसी, डिडि पाण्डे, रुपा बुढामगर, कुमाल सिलवाल ‘दिल’, निरु थापा, राजकिशोर चौधरी, अमृत केसी, गौरि मण्डल, हरि चन्द, रेखा खनाल, अन्जना तामाङ, रोजन रखाल,, प्रेमबहादुर चलाउने ‘अनन्त’, कृष्ण शाह ‘परिवर्तन’, शक्ति परियार ‘बर्दिया’, निर्मल राई,सितल पौडेल, बाबुराम गजमेर ‘आजाद’, उषाकिरण आजाद, रामबहादुर तिरुवा, कमल बुढा, डिबि बुढाथोकी, गणेश रैकाल, तपेन्द्र टिमिल्सैना, अर्जुन दयाल, यमराज खडका, दर्शन नेपाली, विक्रम पौडेल, अमर खडका, कुमार राई लगायत छन् ।

बिज्ञापन

त्यस्तै अन्य केन्द्रीय सदस्यहरुमा लोकेन्द्र एसके, विवेक दाहाल, अर्जुन रावत, राजिव तामाङ, पुर्ण रसाइली, बिजय दर्नाल, सुरेन्द्र कार्की लगायतका नेताहरु छन् ।
नवनिर्वाचित समितिलाई आयोजक समितिका सदस्य मामाले शुभकामना दिएका थिए । नवनिर्वाचित महासचिवले महाधिवेशन समापन गरेका थिए । समापनसँगै नारा लगाइएको थियो ।

माघ ४ गते राष्ट्रिय नाचघरमा जमलमा उद्धघाट भएको महाधिवेशनले कार्यदिशामा : ‘वैज्ञानिक समाजवादी क्रान्ति र कार्यनीतिमा : स्वाधिन संयुक्त सरकार’ पारित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel