नेकपा९बहुमत०निकट अखिल(क्रान्तिकारी)ले त्रिवि क्याम्पसहरूमा भइरहेको राजनीतिक भागबन्डाको विरोधमा गरेको छ अखिल ९क्रान्तिकारी० ले प्रेस विज्ञप्ति जारी गर्दै । संगठनले विश्वविद्यालयको प्रशासनिक नियुक्तिहरूलाई राजनीतिक प्रभावमा आधारित गरिएको भन्दै यसको कडा विरोध गरेको छ।
बिज्ञापन
वक्तव्यमा भनिएको छ, ूत्रिभुवन विश्वविद्यालयका २४ वटा क्याम्पस प्रमुखहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले)नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूका व्यक्तिहरूलाई राजनीतिक भागबन्डाका आधारमा नियुक्त गरिएको छ।ू यसले विश्वविद्यालयको शैक्षिक गुणस्तर र स्वायत्ततालाई खतरामा पार्ने संगठनको धारणा छ।
बिज्ञापन
संगठनका अध्यक्ष बिरुन्द्र शाहले हस्ताक्षर गरेको विज्ञप्तिमा राजनीतिक भागबन्डा हटाएर योग्यता र क्षमता आधारित प्रणालीमार्फत नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरिएको छ। साथै, शैक्षिक संस्थाहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गर्न विश्वविद्यालय प्रशासनलाई आग्रह गरिएको छ।
प्रेस विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको वर्तमान भूमिकालाई लिएर कडा आलोचना गरिएको छ र उनीहरूको नेतृत्वले संस्थागत क्षमतालाई खतरामा पारिरहेको भनिएको छ। संगठनले विश्वविद्यालयलाई स्वतन्त्र र निष्पक्ष बनाउनेतर्फ कदम चाल्न सम्बन्धित निकायहरूलाई अपिल समेत गरेको छ।







