काठमाडौँ, २६ पुसः नेपालस्थित भारतीय दूतावास परिसरमा विश्व हिन्दी दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना सम्पन्न गरिएको छ ।
बिज्ञापन
कार्यक्रममा दूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाउनुभएको थियो । साथै उहाँले विश्व हिन्दी दिवसले हिन्दी भाषीहरूको समृद्ध भाषिक सम्पदा र सांस्कृतिक पहिचानको सम्झनाका रूपमा काम गर्ने कुरामा जोड दिनुभएको थियोे । उहाँले हिन्दी भाषाको प्रवर्द्धनमार्फत नेपाल र भारतबीचको मित्रताको बन्धनलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने नेपाली हिन्दी प्रेमी र विद्वानहरूप्रति आभार व्यक्त गर्नुभयो ।
बिज्ञापन
कार्यक्रममाको काठमाडौँका धेरै विद्यालयका विद्यार्थीहरूले हिन्दी कविता वाचन र विभिन्न विषयवस्तुमा कविता प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कलाकारको समेत सहभागिता थियो ।
सो अवसरमा भारत–नेपालमैत्री कवि सम्मेलन पनि आयोजना गरिएको थियो, जहाँ प्रतिष्ठित कविहरूले हिन्दी कविता वाचन गरी श्रोताहरूलाई मनमोहक र मन्त्रमुग्ध बनाएका थिए ।
बिज्ञापन
कार्यक्रममा सांसद तथा हिन्दी मञ्च नेपालका अध्यक्ष मङ्गलप्रसाद गुप्ता, भाषा आयोग अध्यक्ष डा गोपाल ठाकुर, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति निशा शर्मालगायत उपस्थिति हुनुहुन्थ्यो ।
विश्व हिन्दी दिवसले भारतको नागपुरमा १० जनवरी १९७५ मा आयोजना गरेको पहिलो विश्व हिन्दी सम्मेलनको आधारमा विश्व हिन्दी दिवस हरेक वर्ष जनवरी १० मा मनाइन्छ






