काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई रनको एक सय ८८ लक्ष्य दिएको छ।
बिज्ञापन
टस हारेर पहिला ब्याटिङमा तानिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८७ रन बनाएको हो।
सुदूरपश्चिमका लागि सैफ अली जैबले सर्वाधिक ९० रनको अर्धशतकीय पारी खेले। ६१ बलको सामना गरेका उनले छ चौका र पाँच चौका प्रहार गरे।
बिज्ञापन
ब्रान्डन म्याकमुलन २३, विनोद भण्डारी १७ र आरिफ शेख शून्यमा आउट हुँदा कप्तान दिपेन्द्रसिंह ऐरी र स्कट कुगलिजिन अविजित रहँदै क्रमशः ३९ र ११ रन जोडे।
लुम्बिनीका लागि रामोन सिमोन्ड्सले दुई तथा कप्तान रोहित पौडेल र विवेक यादवले एक–एक विकेट लिए।
बिज्ञापन
लुम्बिनीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।






