टर्किएको मध्य अक्सराय प्रान्तमा शुक्रबार एउटा यात्रुबाहक बस पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका छन् ।

बिज्ञापन

केही घाइतेको अवस्था गम्भीर रहेको रिपोर्टहरूले बताएका छन् । हाल अधिकारीहरूले अझै ज्यान गुमाउनेहरूको पहिचान गर्न काम गरिरहेका छन् ।

बिज्ञापन

गभर्नर मेहमेट अली कुम्बुजोग्लुले पत्रकारहरूलाई पर्यटक बस अक्सरे शहरबाट २५ किलोमिटर टाढा पल्टिएको बताउनुभयो । घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको र दुर्घटनाबारे अनुसन्धान थालिएको छ ।

दुर्घटनाको कारण अङ्कारा–अक्सरे सडक अस्थायी रूपमा बन्द गरिएको थियो ।

बिज्ञापन

सामान्यतया टर्कीएमा सडक दुर्घटना भइरहन्छन् । यहाँ सन् २०२३ मा सडक दुर्घटनामा परी छ हजार पाँच सय ४८ जनाको मृत्यु र तीन लाख ५० हजार आठ सय ५५ घाइते भएका आधिकारिक तथ्याङ्कले उल्लेख गरेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel