काठमाडाै २३,नेपाली चाड वडा दशैं नजिकिदै गर्दाखेरि मानिसहरूमा हर्ष सङसङै बिस्मात छाएको छ। नेपाली संस्कारकाे मूल्य र मान्यतालाई फरक ढङ्गले स्थापित गर्न खोजिरहेको छ। यतिबेला हुने खानेहरूसँग हुँदा खानेहरुहरूको ठूलो प्रतिस्पर्धा चलिरहेको हुन्छ। गरिबहरूले सकि नसकी भएपनि ऋण खोजी खोजी दशैं तिहार मान्ने गरेका छन्। विशेष गरेर बोका,राँगा बली चढाएर व्यक्तिको मनकांक्षा पूर्ति हुन्छ भन्ने जनविश्वास रहेको छ। मानिसले आफ्नो कर्म अनुसारको कामबाट केही लाभ पायो भने भगवानले गर्दा हो भन्छ। आफ्नो कर्मबाट दुःख
पायो भने देवी देवतालाई पूजा आराधना र बलि नचढाएको आधारमा दुःख पाएको भन्ने अभिव्यक्ति प्रस्तुत गर्छन्। उनीहरुले यो कुरा बुझेका हुँदैनन् कि,आर्थिक व्यवस्थापन सही ढंगले खर्च नगर्दा उठिबास लाग्छ । ऋणको भारी बोक्नुपर्छ,बढेमान साहुमा भारी बोक्न जानुपर्छ। साँवा ब्याज ठूलो हिस्सामा आर्थिक भार परेर तिर्न नसक्ने स्थितिमा पुग्नुपर्छ भन्ने कुराको मनन कहिले गरेनन्। “जे पर्छ त्यही टर्छ” भन्ने उखानलाई आत्मसात गर्दै मानिसहरूले देखासिकी गरेर ठूलो र भड्किलो खर्च गरेको पाइन्छ।
सामाजिक र सांस्कृतिक अन्तर्घुलनको पर्याय मानिने पर्वहरू आर्थिक हैसियतका आधारमा मनाइन थालिएको छ । पैसा हुनेहरूले मात्र रमाइलो गर्न पाउने अवस्था जबरजस्त सिर्जना भइरहेको छ । छिमेकी हुनेखाने पर्यो भने ऋण गरेर भए पनि उसकै दाँजोमा खर्च गर्ने परिपाटी विकास भइरहेको छ ।

बिज्ञापन

आफन्तसँगको भेटघाट पातलिन थालेको छ । दक्षिणा कम दिने परिवार आफन्तबाट नै बहिष्करमा परिरहेको छ । त्यति मात्र होइन कोसेली अनुसारको सम्मान गर्ने चलन बढ्दैछ । जसले बढी खर्च गर्यो उसले मात्र राम्रो गरी चाडपर्व मनायो भन्ने भावनाको विकास भइरहेको छ ।
नेपाली समाजमा पूँजीवादी व्यवस्थाकाे हावी भएसँगै संस्कार र संस्कृति पनि त्यसैबाट निर्देशित हुन थालेको छ । सामन्तवादको केही अवशेष रहे पनि पूँजीवादको बोलवाला रहेको अवस्थामा पूँजी नै सर्वश्रेष्ठ विषय बनिरहेको छ । नाता सम्बन्धमा को नजिक र को टाढा भन्ने विषय उसको मिल्दोजुल्दो हैसियतले नै निर्धारण गरिरहेको छ । कसको कति नजिकको सम्बन्ध भन्ने उसको आर्थिक हैसियतमा निर्भर भइरहेको छ ।

बिज्ञापन

नेपालीमा उखान छ, “१४ कोष टाढा बाज देख्छ,७ कोष टाढा परेवा देख्छ ,अनि टाउकोमा परेको कुखुराले मात्र देख्छ भने झै अहिलेको नेपाली पुँजीवादी समाजको देखासिकी गरेर गरिबहरुले ऋण खोजेर भड्किलो खर्च गरेको पाइन्छ। ऋण खोजेर आवश्यकता भन्दा बढी खर्च गरेर धनी बराबरको सेवा लिन खोज्छन् र पछि गएर आफै दुःखको चपेटामा होमिन्छन् ।

त्यसैले नेपाली समाजको चरित्रको आधारमा संस्कार र संस्कृतिहरू परिवर्तन भइरहेका छन् । जुन स्वभाविक मानिन्छ । गरीबहरू ऋणमा डुबेर झन् गरीब हुने र धनीहरू लगानी गरेर झन् धनी भइरहेका छन् । सांस्कृतिक तथा सामाजिक एकताको लागि भन्दा पनि हरेक चाडपर्वहरू हैसियत देखाउने महोत्सवको रूपमा देखा परिरहेका छन्

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
दिनेश नेपाली
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel