काठमाडौं१३,नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले आज कलंकी स्थिति जनपथ माध्यमिक बिधालय सरसफाइ गरेको छ । अखिल(क्रान्तिकारी)का केन्द्रिय संयोजक मिलन राईको नेतृत्वमा करिब २५ जन नेता कार्यकर्ता सहभागी भएका थिए । लगातार तिन दिन सम्म परेको वर्सातले उपत्यका डुबानमा परेको थियो ।
बिज्ञापन
स्थानीय जनताका अनुसार यो वर्ष परेको बर्सात चालिस एकचालीस वर्ष पछिको ठुलो बर्सात भएको बतायका छ्न ।
देशभर परेको बर्सातले ठुलो मात्रमा जनधनको समेत क्षेति भएको छ । काठमाडौं उपत्यका लगाए आज सार्वजनिक बिदा समेत दिएको थियो ।
बिज्ञापन
मुख्य गरि काठमाडौंमा रहेका सामुदायिक बिधालय डुबानमा परेको देखिन्छ । कलंकी स्थिति जनपथ माध्यमिक बिधालय, बाफलमा रहेकाे ज्ञानाेदय माध्यमिक बिधालय कालिमाटीमा रहेको कुलेश्वर माध्यमिक बिधालय,त्रिपुरेश्वरमा रहेकाे बिश्वनिकेतन माध्यमिक बिधालय रहेका छन ।
नेकपा (बहुमत) निकट विद्यार्थी संगठनले बिहान् ७ बजे बाट साझ ५ बजे सम्म्म सरसफाइमा जुटेको अखिल(क्रान्तिकारी)का संयोजक मिलन राईले जानकारी दिनु भयो । ज्ञानाेदय माध्यमिक बिधालय र जनपथ माध्यमिक बिधालय निकैनै डुबान परेकाे थियाे ।
बिज्ञापन
जनपथ माध्यमिक बिधालयमा करिब दश लाख बराबरकाे क्षेति भएकाे प्राध्यापक जित बहादुर लामिछानेले जानकारी दिनु भए ।












