काठमाडौँ, ११ असोजः प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध पक्षबारे भर्चुअल माध्यमबाट जानकारी लिनुभएको छ ।

बिज्ञापन

त्यसअवसरमा सिरियाका फोर्स कमान्डर तथा लेवनानका डेपुटी फोर्स कमाण्डर र सिनियर नेशनल अधिकृतले लेबनानको पछिल्लो सुरक्षा स्थिति र विकसित घटनाक्रमबारे प्रधानसेनापतिलाई जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बिज्ञापन

सो क्रममा प्रधानसेनापति सिग्देलले त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकलाई सम्बोधन गर्दै आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न तयारी अवस्थामा रहँदै धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभएको पनि निर्देशनालयले जनाएको छ ।

उहाँले प्रतिकुल अवस्थामा नेपाली शान्ति सैनिकले देखाएको अनुशासन र कर्तव्यपरायणताको उच्च प्रशंसा गर्नुभयो । हाल उक्त मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको सेनाले जानकारी दिएको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel