काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)ले “प्रिन्सिपल कप फूट्सल प्रतियोगिता २०८१” आयोजना गर्ने भएको छ। यही असोज ३ गते बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको दीक्षालय फाउन्डेशन नेपालमा हुने प्रतियोगितामा यस क्षेत्रका २१ विद्यालयहरू सहभागी हुने कार्यक्रममा संयोजक राजेन्द्र पुडासैनी (राजु)ले जानकारी दिएका छन्।
बिज्ञापन
प्याब्सकले एक पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको टाइसिटसहित सम्पूर्ण जानकारी सार्वजनिक गरेको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, र चौथो स्थान हासिल गर्ने टोलीलाई क्रमशः १२,०००, ६,०००, ४,५००, र ३,००० नगद पुरस्कारका साथमा शिल्ड, मेडल, तथा प्रमाणपत्र प्रदान गरिनेछ।
बिज्ञापन
त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, र धेरै गोल गर्ने खेलाडीलाई पनि सम्मान गरिनेछ।
प्याब्सकका अध्यक्ष राजन श्रेष्ठले भने, “यस प्रतियोगिताले विद्यालयहरूबीच आपसी सहयोग र खेलकुदको विकासमा टेवा पुर्याउनेछ। हामी सबैलाई यो अवसरको फाइदा उठाउँदै सामूहिक रूपमा सफल प्रतियोगिता बनाउने आशा गर्दछौं।”
बिज्ञापन
मिति: ३ असोज, २०८१, बिहीबार
समय: बिहान ७ बजे (उद्घाटन सत्र/खेल प्रारम्भ)
स्थान: दीक्षालय नेपाल फाउन्डेशन विद्यालय
समापन समारोह: सोही स्थानमा दिउँसो ४ बजे






