नेकपा(बहुमत) निकट अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति काठमाडौंको बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षताको आसन ग्रहण क्याम्पस जिल्ला संयोजक क.लक्ष्मी पाण्डेले गर्नु भएको थियो। प्रमुख अतिथिको आसन ग्रहण संगठनका केन्द्रीय संयोजक क.मिलन राईले गर्नु भएको थियो। अतिथिको आसन ग्रहण क्रमशः CTEVT तथा विश्वबिद्यालय समितिका इन्चार्ज क.उषाकिरण आजाद ,CTEVT तथा विश्वबिद्यालय समितिका संयोजक क. डी बी शाही, क्याम्पस जिल्ला तथा पूर्वाञ्चल विश्वविद्यालय इन्चार्ज रविना सदाशंकर, त्रिभूवन विश्वविद्यालय संयोजक क.वीरेन्द्र नेपाली गर्नु भएको थियो।
बिज्ञापन
बैठकको सुरुवात महान सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गर्दै भएको थियो।बैठकलाई प्रशिक्षण गर्दै उपस्थित अथितिेहरुले आफ्नो आफ्नो मन्तव्य राख्नु भएको थियो ।बैठक विभिन्न निर्णय सहित सम्पन्न भएको छ ।बैठकले क्याम्पस जिल्ला अन्तर्गत पर्ने क्याम्पसहरुको कार्य विभाजन गरेको छ। कार्यविभाजन निम्न अनुसार रहेको छ:
त्री- चन्द्र क्याम्पस संयोजक:जयराम तिमल्सिना,शंकर देव क्याम्पस संयोजक:लोकराज शाही ,सरस्वती क्याम्पस संयोजक:राहुल मोक्तान,सह-संयोजक:अनुष्का भट्ट,काठमाडौं शिक्षा क्याम्पस संयोजक:सुसान देवाली,रत्न राज्य लक्ष्मी क्याम्पस संयोजक:विवेक मायाललाई दिइएको छ भने बाँकी क्याम्पसहरू भने कार्यालयले हेर्ने घोषणा भएको छ।त्यसै गरी क्याम्पस जिल्ला छात्रा विभाग प्रमुख क.सन्जना राई लाई तोकिएको छ।
बिज्ञापन
बैठकले अब छिटै सबै क्याम्पसहरुको भेला गरेर क्याम्पस जिल्ला समितिको सम्मेलन भव्यताका साथ सम्पन्न गर्ने भन्दै समापन भएको छ।सम्मेलनको मिति भने असोज १६ गतेलाई तोकिएको छ।






