काठमाडौं, २५ भदौ । सान इन्टरनेशनल कलेजले यो वर्षदेखि कानुन संकायअन्तर्गत स्नातक तहमा बीए.एलएलबी कोर्स पढाउन स्वीकृति पाएको छ । राजर्षि जनक विश्वविद्यालयको सम्बन्धनमा सान इन्टरनेशल कलेजले यो वर्षदेखि ४० जना विद्यार्थीलाई बीए.एलएलबी पढाउने भएको हो ।

बिज्ञापन

चन्दागिरीको नैकापमा रहेको सान इन्टरनेशलले कलेजमा कक्षा ११ मा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकाय सञ्चालन भइरहेको छ । स्नातक तहमा पनि यो वर्षदेखि बीए.एलएलबी कोर्स सुरु गरिएको हो । पछिल्लो समय कानुनी शिक्षा विद्यार्थीहरुको रोजाइको विषय बनेको छ । कानुनमा स्नातक अध्ययनका लागि एलएलबी र बीए.एलएलबी गरी दुई वटा प्रोगाम रहेको छ । एलएलबी अध्ययनका लागि कुनै पनि एक विषयमा स्नातक पास गरेको हुनुपर्छ भने बीए.एलएलबीका लागि कक्षा १२ उत्तीर्ण भएका हुनुपर्छ ।

बिज्ञापन

ठुलो प्रतिस्पर्धा हुने गरेको छ । यो मध्ये पनि बीए.एलएलबी कोर्ष विद्यार्थीहरुको विशेष रोजाइ बन्ने गरेको छ । सीमित कोटा, प्रतिस्पर्धाका कारण चाहेर पनि धेरैले कानुन पढ्न नपाइरहेको अवस्थामा सान इन्टरनेशनल कलेजले यो कोर्स पढाउन सुरु गरेको हो ।

प्रवेश परीक्षा उत्तिर्ण उत्कृष्ट ४० जनाले यो शैक्षिक शत्रमा भर्ना हुन पाउने छन् । कानुनी शिक्षामा विद्यार्थी र अभिभावकहरुको बढ्दो आकर्षणलाई ध्यान दिँदै यो शैक्षिक शत्रबाट बीए.एलएलबी कोर्स सुरु गरिएको सान इन्टरनेशनल कलेजका अध्यक्ष डा.सुवास घिमिरे जानकारी दिएका छ्न ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel